• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    तालिबान सहिष्णुताको प्रतिज्ञाबाट पछि हट्दै : राष्ट्रसङ्घ

  • वीरगंज संजाल
  • ४ भाद्र २०७८, शुक्रबार १६:५३
  • २७७७

    काबुल। अफगानिस्तानमा तालिबानहरूले घर–घर जाँदै विपक्षीहरू र उनीहरूको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले तयार पारेको एउटा दस्ताबेजमा अफगानिस्तानमा तालिबानहरूले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको छ । “अफगानिस्तानका नयाँ शासकहरू सहिष्णुताको प्रतिज्ञाबाट पछि हट्दै गरेका देखिएको छ,” दस्ताबेजमा लेखिएको छ ।सरकारी सेनालाई पराजित गरी दुई दशकको युद्ध अन्त्य हुनेगरी यही अगस्त १५ का दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल तालिबानले कब्जा गरेपछि उनीहरूले शासन सुरु गरेका छन् । कट्टरपन्थी इस्लामी आन्दोलनका नेताहरूले सरकारको पूर्वअधिकारीहरु र यसअघि तालिबानको विपक्षीका लागेका सबैलाई आममाफी दिने घोषणा गरे पनि व्यवहार भने त्यस्तो नभएको दस्ताबेजमा उल्लेख गरिएको छ ।

    उनीहरूले महिलाहरूको स्वतन्त्रता नखोसिने, उनीहरूप्रति उदार भावना राख्ने, अघिल्लो शासनकालको भन्दा प्रजातान्त्रिक व्यवस्था लागू गर्ने अपेक्षा पनि धेरैले गरेका थिए । काबुललाई नियन्त्रणमा लिएपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुनअन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए ।तालिबान समूहको खानतलासी र उनीहरूले देखाउन थालेको व्यवहारका कारण अझै पनि हजारौँ मानिसहरू उडानहरूमार्फत राजधानीबाट भाग्ने कोसिस गरिरहेको राष्ट्रसङ्घले तयार पारेको प्रतिवेदनमा लेखिएको छ ।

    राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य सो दस्ताबेजमा विपक्षीहरूलाई तालिबान समूहका व्यक्तिहरूले धम्क्याउने गरेको दाबी पनि गरिएको छ । तालिबानको नकारात्मक सूचीमा रहेकाहरूलाई एकदमै धेरै सुरक्षा खतरा रहेको र अफगानिस्तानमा आत्महत्याका घटना बढ्न सक्ने चिन्ता पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । राजधानी काबुलसहित देशभरि नै अहिले धेरै मानिस त्रसित अवस्थामा रहेको पाइएको छ । काबुलस्थित विमानस्थल बाहिरको अवस्था झनै अस्तव्यस्त रहेको छ । तर तालिबान समूहले भने भाग्न खोज्ने अफगान नागरिकहरूलाई रोकिरहेको छ ।

    तत्कालीन सरकारलाई सघाउन अमेरिकाले खटाएको सेना फिर्ता भएपछि तत्कालीन तालिबान विद्रोही समूहले विभिन्न प्रदेशहरूको राजधानी कब्जा गर्न थालेको एक हप्तामा केन्द्रीय राजधानी कब्जा गरेको हो । उनीहरूले राजधानी कब्जा गर्ने सुनिश्चित भएपछि राष्ट्रपति अशरफ घानीले नै देश छोडेर भागेपछि अफगानिस्तानको शासन अहिले तालिबान समूहको हातमा आएको छ ।राष्ट्रपति भागेसँगै उनीहरू २० वर्षपछि पुनः अफगान सत्तामा पुगेका छन् । बीस वर्षअघि अमेरिकी नेतृत्वको फौजले उनीहरूलाई सत्ताबाट हटाइदिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑