• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    केराउ, मरिच र सुपारी आयात खुलाउने प्रस्ताव मन्त्रालयमा, कहिले खुल्ला?

  • वीरगंज संजाल
  • ४ भाद्र २०७८, शुक्रबार १६:२०
  • ७०४५

    वीरगञ्ज । केराउ, मरिच, सुपारी र छोकडा आयात खुलाउनेसम्बन्धी प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आर्थिक वर्ष २०७८÷०७९ को लागि आवश्यक कोटा निर्धारण गर्नुपर्ने भन्दै मन्त्रालयमा परिमाणात्मक रुपमा खुलाउने प्रस्ताव राखेको हो। गत आर्थिक वर्षमा सरकारले कोटा निर्धारण गरी परिमाणात्मक आयात खुलाएको थियो। त्यसपछि व्यवसायीहरुले केराउ, मरिच, छोकडा, सुपारीजस्ता वस्तुहरु तेस्रो मुलुकबाट आयात गरेका थिए।

    गत आर्थिक वर्षको लागि केराउमा ८० हजार टन कोटा तोकिएको थियो। त्यस्तै, सुपारीको २५ हजार मेट्रिक टन, छोकडाको ५ हजार मेट्रिक टन र मरिच १५ हजार मेट्रिक टन कोटा तोकिएको थियो। तर व्यवसायीहरुले भने तोकिएभन्दा दोब्बर हाराहारीमा माग गरेका थिए। चालू आर्थिक वर्षमा पनि विभागले गत वर्षकै परिमाणमा वा सोभन्दा बढीको आयात खुलाउनुपर्ने व्यवसायीको मागबमोजिम प्रस्ताव गरेको हो।

    विभागका महानिर्देशक प्रकाश पौडेलले व्यवसायीहरुले निरन्तर वाणिज्य विभागमा आएर माग आवेदन दिइरहेकोले उनीहरुको माग आवेदनअनुसार मन्त्रालयमा कुरा राखेको बताए।उनले नेपालखबरसँग भने, ‘तर हामीले माग गरेर मात्रै आयात खुल्ला हुने विषय होइन। मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्छ। विभागले अहिले व्यापारीहरुको मागअनुसारको प्रस्तावमा मन्त्रालयमा छलफल गराएको मात्रै हो।’

    केराउ, मरिच, सुपारी तथा छोकडाजस्ता वस्तु आयातमा सरकारले प्रतिबन्ध लगाएको छ। नेपालमा व्यापारघाटा बढिरहेको भन्दै युवराज खतिवडा अर्थमन्त्री रहँदा यी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइएको थियो। तर नेपालका उद्योगहरुलाई चाहिने परिमाण तथा नेपाली उपभोक्ताहरुले खपत गर्ने परिमाणको आकलन गर्दै गत वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले परिमाणात्मक रुपमा खुल्ला गरेको थियो।

    गत आर्थिक वर्षको चैतमा खुल्ला गरिएका ती वस्तुहरु जेठ–असारमा आयात भएका थिए। चालू आर्थिक वर्षको कोटा भने अहिले नै खुल्ला गर्नुपर्ने र त्यो कोटा बढाउनुपर्ने माग व्यवसायीहरुको छ। व्यवसायी ओमप्रकाश मोरले दशैँ र तिहारमा नेपालमा वस्तु धेरै खपत हुने भएकाले यी चाडपर्व नजिकिएका कारण आयात खोल्नुपर्ने बताए। ‘दशैँ तिहार नजिकिँदै गएको छ, अहिले सरकारले यस्ता वस्तुको आयात खोल्नु उचित हुन्छ’, उनले भने, ‘गत वर्षको परिमाणात्मक बन्देजको कारण बजारबाट धेरै माग समेत आइरहेकोले यो वर्ष कोटा समेत बढाउनु उचित हुन्छ।’

    ‘आयातमा सरकारी जालझेल नहोस्’
    व्यवसायी मोरले गत वर्ष अपारदर्शी ढंगले कोटा वितरण भएकोले यस वर्ष त्यस्तो हुन नहुने बताए। ‘मन्त्रिपरिषद्ले निर्णय गरेको करिब एक हप्तापछि मात्रै परिमाणात्मक रुपमा कति खुल्ला भएको भन्ने सूचना आएको थियो’, उनले भने। त्यो समयमा चलखेल गरेर भित्रभित्रै कोटा वितरण गरिएको उनको आरोप छ। सो समयमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रहेका लेखराज भट्टको सचिवालय र वाणिज्य विभागको कर्मचारीले मिलेमतोमा व्यवसायीसँग लाभ लिएर समेत कोटा वितरण गरेको आरोप लागेको थियो।

    मरिच, केराउ, सुपारी तथा छोकडाको कोटा दिँदा वाणिज्य विभागका निर्देशक डमरु प्रसाद निरौला, तत्कालीन आपूर्तिमन्त्रीका स्वकीय सचिव हितेश ओझाले मनलागी ढंगले व्यापारीहरुलाई कोटा दिइएको आवेदनकर्ता व्यापारीहरुले आरोप लगाएका थिए। उनीहरुले सीमित व्यापारीहरुबाट लाभ लिएर कोटा लिएको आरोप लगाए। एक व्यापारीले नेपालखबरसँगको कुराकानीमा भने, ‘सुपारीको कोटा वितरणको लागि कसले आवेदन दियो, कसले कुन समयमा पायो, त्यो जानकारी नै लिन सकिएन।’

    तर अब यदि सरकारले परिमाणात्मक रुपमा आयात खुलाउँछ भने पनि त्यसको पारदर्शी वितरण हुनुपर्ने व्यपारीहरुको माग छ। आयात खुल्ला गरेपछि सरकारले आवेदन माग गर्नुपर्ने र सो आवेदनको आधारमा  वितरण गरिनुपर्ने उनीहरुले माग गरेका हुन्। गत वर्ष चैत २ गतेको मन्त्रिपरिषद्ले परिमाणात्मक आयात खुल्ला गरेको थियो। सो सूचना चैत ९ गते राजपत्रमा प्रकाशित भएको थियो। राजपत्रको सूचनाअनुसार व्यापारीहरु वाणिज्य विभाग पुग्दा सुपारीको कोटा नभएको र केराउलगायत अन्य वस्तुमा आवेदन गर्न वाणिज्य विभागले व्यापारीहरुलाई सुझाएको थियो

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑