वीरगञ्ज । राजा वादी हरु द्वारा पूर्व रानी रत्न राज्य लक्ष्मी देवी शाहको ९४ औँ जन्मजयन्ती वीरगञ्जमा मनाइएको छ ।
देशभक्त राजभक्त नामक संस्थाले वीरगञ्जको महाविर स्थानमा पूर्व रानीको फोटोमा माल्यार्पण गरेर जन्मोत्सव मनाएको हो ।
संस्थाका अध्यक्ष दिपेन्द्र रौनियार, उपाध्यक्ष राजकिशोर चौवे, सतिश श्रीवास्तवसहित संस्थाका पदाधिकारी र राजावादीहरुले अब देशमा राजाको विकल्प नभएको बताएका थिए ।