वीरगञ्ज । करारमा जनशक्ति भर्ना सम्बन्धी सूचनामा वीरगञ्ज महानगरपालिकाको बदनियत देखिएको छ ।भदौ २ गतेको निर्णयअनुसार वीरगञ्ज महानगरपालिकाले काठमाण्डौबाट प्रकाशन हुने नेपाल समाचार पत्र पत्रिकाको भदौ ३ गतेको मितीमा करारमा जनशक्ति भर्ना सम्बन्धी सुचना प्रकाशन गरेपछि वीरगञ्ज महानगरको नियत ठीक देखिएको छैन ।
वीरगञ्जमा नआउने पत्रिकामा सुचना प्रकाशन गरेर महानगरपालिकाले मिलेमतोमा आफ्ना मातहतकालाई रकम असुली गरी नियुक्ति गर्ने स्पष्ट देखिएको छ । वीरगञ्जमै ‘क’ वर्गका पत्रिका हुँदा हुँदै पनि काठमाण्डौको पत्रिकामा गुपचुप रुपमा सूचना दिनुलाई वीरगञ्जवासीले अर्थपुर्ण रुपमा हेरेका छन् |
सामाजिक सञ्जालमा पनि उक्त सुचना लुकाएको भन्दै महानगरपालिकाको आलोचना भइरहेको छ । महानगरपालिकाले सूचना लुकाउन खोजेको भन्दै वीरगञ्जवासीले सामाजिक सञ्जालमै सूचनाको फोटो पोस्ट गरेको देख्न सकिन्छ ।वीरगञ्ज महानगरपालिकाले इलेक्ट्रिकल÷इलेक्ट्रोनिक्स ईन्जिनियर १ जना, कम्प्युटर अप्रेटर १६ जना र नगर प्रहरी १५ जनाको लागि दरखास्ता आह्वान गरेको छ ।yatradaily बाट सभार गरिएको छ ।