वीरगञ्ज । काठमाडौंमा आजदेखि १८ वर्ष माथिका ११ र १२ कक्षाका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । यही भदौ ४,५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म कक्षा ११ र १२ मा अध्ययन गरेका तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
खोप लगाउन काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र गई लगाउन सकिन्छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन सक्नेछन् ।