• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अध्यादेशको विरोधमा युवा संघद्वारा वीरगन्जमा प्रदर्शन ।

  • वीरगंज संजाल
  • ३ भाद्र २०७८, बिहीबार २१:५३
  • २०४९

    वीरगंज। कृष्णा कुशवाहा । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्दै आज सडकमा प्रदर्शन गरेको छ ।

    युवा संघका सचिवालय सदस्य एवं पर्सा जिल्ला अध्यक्ष महमद निजामको आयोजनामा वीरगंजको घण्टाघरमा अध्यादेशको विरुद्धमा सडक प्रदर्शन गरेका छन् । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै संघले विरगंजको घण्टाघर हुँदै माइस्थान चौक , आदर्शनगर चौक , घडिअर्वा पोखरी परिक्रमा गरी पुन घण्टाघरमा आई प्रदर्शन गरेका छन् ।

    सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष निजामले परमादेशबाट बनेको सरकार नेपाली नागरिकको नभई देशी विदेशी तत्वहरुको स्वार्थको लागि भएको उल्लेख गर्दै । वर्तमान सरकार नेपाली नागरिकको पक्षमा नरहेको जिकिर गर्नुभयो । मुलुकलाई स्थिरता तर्फ लैजानुपर्नेमा वर्तमान सरकारले व्यवस्थालाई नै ध्वस्त बनाउने गरी षड्यन्त्रकारी गतिविधि गरिरहेको आरोप लगाउनुभयो । एमालेको नेतृत्वको सरकारले २२ लाख भूमिहिन तथा सुकुम्वासीलाई जग्गा धनिपुर्जा वितरणको अन्तिम तयारीमा पुगेको अवस्थामा देउवा नेतृत्वको सरकारले भूमि समस्या समाधान सम्बन्धी आयोग विघटन गरी लाखौं गरिव जनतामाथि घन चलाएको बताउनुभयो ।

    सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रिय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्ने सक्ने गरी राजनीतिक बाध्य भएर आन्दोलनमा उत्रनु परेको युवा संघका केन्द्रीय सदस्य रवि गुप्ताले बताए ।

    संघका जिल्ला सचिव अकलेश साहले विकास र समृद्धिको नायक एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली रहेको उल्लेख गर्दै वर्तमान कांग्रेस, माओवादीलगायतका दलहरुको गठबन्धनको सरकारले देश र जनतालाई कुठाराधात गरेको भन्दै आक्रोस जनाउनुभयो ।

    प्रदेश कमिटी सदस्य तेजप्रकाश निषादले ओली नेतृत्वको सरकारले भारतसँग आँखामा आँखा जुधारएर नेपालको गुमेको भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानी फिर्ता ल्याउने क्रममा रहेको स्पष्ट पार्दै वर्तमान सरकारले नेपाली जनताको पक्षमा भारतविरुद्ध चुइक्क बोल्न नसकेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । महाकाली नदीमा तुहिनबाट तर्ने क्रममा भारतीय एसएसवीले तुहिन काटेर जयसिंह धामी वेपत्ता भएको विषयमा समेत सरकारले भारतसँग बोल्न नसकेको उल्लेख गर्दै निषादले वर्तमान सरकार कठपुतली मात्र भएको बताउनुभयो ।

    संघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । संघका कार्यकर्ताले सरकारले ल्याएको अध्यादेशलाई च्याती फालेका थिए।दल विभाजनसम्बन्धी विधेयक खारेज गर लगायत विभिन्न नारा लगाएर युवाहरुले प्रदर्शन गरेका छन्।

    विरोध प्रदर्शन कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य महमद मेराज , बाबुराम खनाल ,चन्दन गुप्ता , जिल्ला कमिटी सचिव सन्तोष पासवान , जिल्ला कमिटी सदस्य सुवास साह , तारा दुङ्गेल ,मानिस यादव, राजेश सहनी, बल्वन्त यादव , अमित यादव , जोगिंदर पौडेल , दिलीप रौनियार ,परवेज , असगर अलि , दिनेश साह , अर्जुन नेपाल , उमेश साह तेली , सन्तोष पटेल , उपेन्द्र यादव , धुरी पटेल, दाऊद अलि , प्रमोद मण्डल ,भोला यादव लगायतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑