वीरगञ्ज । सूर्या हस्पिटल प्रा.लि. बीरगञ्जमा नयाँ प्रबिधिहरु भित्रयाउँदै अत्याधुनिक तरिकाबाट सम्पूर्ण सेवा सुचारुदिने भन्दै यही साउन ८ गते देखि संचालन गरिएको थियो तर एक महिना न वित्दै अस्पतालका संचालन डा.सरोज सिंह र मोनिका सिंहले बिरामीसंग ‘लुट’ धन्दा सुरु गरेको समाचार प्राप्त भएको छ ।
वीरगञ्जको छपकैयाँमा रहेको सूर्या हस्पिटलले बिरामी लुट्ने काम गरिरहेको छ । अस्पतालमा उपचारका लागि जाने बिरामीलाई चिकित्सकहरुले तोकिएको ल्याबमा मात्रै परीक्षण गर्न पठाएर लुट्ने काम गरेको हो ।
तोकिएको बाहेक अन्य ल्याबमा परीक्षण गरिएको रिपोर्ट अस्पतालका चिकित्सकले न हेर्दिने हुँदा तोकिएकै ल्याबमा गएर नमूना परीक्षण गर्न बिरामी बाध्य बनिरहेका छन् ।
अस्पतालले सिटी स्क्यान सेन्टर प्रालि विर्तामा परीक्षणका लागि पठाउने गरेको भेटिएको छ । ‘त्यसमा बाहेक अरु ठाउँमा गरिएको परीक्षण रिपोर्ट अस्पतालमा बर्जित जस्तै छ,’ अस्पतालमा उपचारका लागि बाराबाट आएकी साहाना खातुन भन्छिन्, ‘चिकित्सकले अरु ठाउँमा गरेको परीक्षण रिपोर्ट नै हेर्दिदैनन् ।’
यस्तै अस्पतालले बेडचार्जदेखि औषधी सम्मको मूल्य काजगको टुक्रोमा लेखेर यही हो बिल भन्दै दिने गरेको छ । कम्प्यूटर विलिङ सिस्टम हुनु पर्नेमा राजश्व छली गर्न अस्पतालले सादा कागजमै सबै काम गर्ने गरेको हो ।
अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीलाई पनि चिकित्सकले परामर्शसहित उपचार गर्नु पर्नेमा हप्किदप्की गरेर गालि गर्ने गरेको पाइएको छ ।
अस्पतालकी चिकित्सक मोनिका यादव सिंहले बिरामीलाई परामर्शसहितको जाँच गरिदिनु पर्नेमा उल्टै हप्काएर पठाउने गरेकी हुन् । अस्पताल डा.सरोज सिंह र मोनिका सिंहले संचालन गरेका हुन् ।