सिंगापुर । दिगो मोबिलिटीको लक्ष्य पछ्याउँदै ह््वावेले एशिया प्यासिफिक रेलवे डिजिटाइजेशन बलियो बनाउने भएको छ । सिंगापुरमा आयोजना भएको ह्वावे एशिया–प्रशान्त रेलवे फोरम २०२१ ‘स्मार्ट रेल, बेटर फ्युचर मोबिलिटी’ मा सहभागीहरुले दिगो मोबिलिटीको लागि एशिया प्यासिफिक रेलवे डिजिटाइजेशनलाई सक्षम बनाउन सुझाव दिएका हुन् । यस कार्यक्रमले एप्याक क्षेत्रबाट १३०० भन्दा बढी रेलवे उद्योगका ग्राहक, साझेदार, विशेषज्ञहरू र मिडियालाई केन्द्रित गरेको थियो । कोर ह्वावे रेलवे उद्योगका ग्राहकहरू सहित साझेदारहरू यस छलफलमा सहभागि थिए । उक्त फोरमलाई सम्बोधन गर्दै मार्ट कर्पोरेशन लिमिटेडका प्रमुख क्वेक हेनचीले सिंगापुरमा धेरैजसो मानिसहरुले आफ्नो समुदायको जीवनशैलीलाई ग्रीन र यातायातका माध्यमहरुमा ढालिसकेको बताए । उनले आफ्नो सामाजिक जिम्मेवारीलाई शहरी वातावरणमा सार्वजनिक यातायात प्रयोग गरी योगदान गर्ने गरेको पनि बताए ।
यसैगरी, ह्वावे एसिया प्यासिफिक इन्टरप्राइज बिजनेस ग्रुपका वरिष्ठ उपाध्यक्ष आरोन वांगले महामारीले ल्याएका चुनौतीहरु सबै उद्योगहरुका लागि अवसरका रुपमा रुपान्तरण गरिएको बताए । उनले प्रविधि तयार भएको तर कसरी कार्यस्थल, श्रमशक्ति र तदनुसार कार्य प्रक्रियाहरूलाई रूपान्तरण गर्न सकिन्छ यो एउटा चुनौतीको रुपमा खडा भएको बताए । वांगले ग्लोबल आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावेले सिंगापुरको भूमि यातायात प्राधिकरण, हङकङ एमटीआर, टर्की र जर्मनीको ड्चबान जस्ता ग्राहकहरुलाई परम्परागत पूर्वाधारसँग नयाँ प्रविधि एकीकृत गरी डिजिटाजेशनको गति बढाउनमा मद्दत गर्ने बताए ।
ग्लोबल रेल बिजनेस ग्रुपका निर्देशक टीसी च्युले डिजिटल प्रविधिका लागि तीन प्रमुख डाटा, एनालिटिक्स र संचार रहेको बताए । शेन्जेन मेट्रोका मेट्रो स्टेशन डिजिटल इनोभेसन स्टुडियोका निर्देशक चाङक्वान लुओले यातायातको सुदृढीकरण र उच्च गुणस्तरीय विकासको सुनिश्चित गर्न डिजिटल इन्टेलिजेन्स क्षमतालाई ध्यान दिनुपर्नेमा जोड दिए । लुओले ह्वावेको प्रविधिले यस विशेष डिजिटल रूपान्तरण यात्रामा खेलेको भूमिकाको पनि चर्चा गरे ।