• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल मास्क अभियानअन्र्तगत वीरगञ्ज मास्क अभियानलाई सफल पार्न वीरगञ्जको ३ स्थानमा होर्डींग बोर्ड

  • वीरगंज संजाल
  • २ भाद्र २०७८, बुधबार १५:१२
  • २५६५

    वीरगञ्ज । नेपाल मास्क अभियानअन्र्तगत वीरगञ्ज मास्क अभियानलाई सफल पार्न वीरगञ्जको ३ स्थानमा होर्डींग बोर्ड लगाइएको छ । वीरगञ्ज महानगरपालिका र चाओसती ग्रुपको सहयोगमा नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टरले चेतनामुलक सन्देश दिने अभिप्रायले होर्डींग बोर्ड लगाएको हो ।होर्डींग बोर्डले चेतनामुलक सन्देशका लागि महत्वपुर्ण भुमिका खेल्ने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले बताए । उनले भने, ‘अब मास्कको विकल्प छैन । त्यसैले लापरवाही नगरौ । नत्र तेस्रो चरणको कोभिड आएपछि पछुताउनुपर्ने अवस्था आउन सक्छ ।’ खुला सिमाना भएको जिल्ला भएर पनि अँझै जोखिम हुनुपर्नेमा छिमेकी राष्ट्र भारतमा सबैले भ्याक्सिन लिएको हुँदा पनि अहिले संक्रमण दर कम भएको हुन सक्ने सरावगीको भनाई छ ।

    आर्थीक, शैक्षिक लगायतका गतिविधिलाई चलायमान बनाउनका लागि पनि मास्क अनिवार्य भएको बताउँदै नगरप्रमुख सरावगीले सबैको सहयोगमा असहज अवस्थाको अन्त्य गरेर सामान्य अवस्थामा फर्किएको बताए । सबै क्षेत्र विस्तारै सञ्चालन भएपनि लापरवाही गर्ने अवस्था भने नरहेको उनले बताए । त्यसैगरी सबैलाई सुरक्षित राख्नुका साथै आफु पनि सुरक्षित रहेर वीरगञ्ज मास्क अभियानलाई सफल पार्न पनि नगरप्रमुख सरावगीले अपिल गरेका छन् । नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज शाखाले सञ्चालन गर्ने हरेक गतिविधि सह्रानीय एवम् अनुकरणीय भएको बताउँदै नगरप्रमुख सरावगीले आगाम दिनमा पनि मञ्चसँग महानगरपालिकाले सहकार्य गर्दै सामाजिक क्रियाकलापलाई निरन्तरता दिने दृढता व्यक्त गरे ।

    कार्यक्रमको बारेमा प्रकाश पार्दै नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले उद्यमीसँगै जिम्मेवार नागरिक भएको नाताले सन्देश फैलाउने र सर्वसाधारणलाई सचेत बनाउने प्रयास गरेको बताए ।  मास्क लगाउनुपर्छ भन्ने थाहा भएकाहरुबाट नै लापरवाही बढेको इंकित गर्दै अध्यक्ष अग्रवालले आफ्नो लापरवाहीका कारण अरुलाई हानी पुग्ने कार्य नगर्नुपर्ने धारणा राखे ।  वीरगञ्जको आदर्शनगरसँगै माइस्थान र मकालु चौकमा लगाइएको सचेतनामुलक होर्डींग बोर्ड आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्दै जाने अग्रवालले बताए ।

    कार्यक्रममा ग्रिनसिटी सामुदायीक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, प्रहरी चौकी आदर्शनगरका प्रहरी नायब निरीक्षक (सई) हिरा बहादुर बुढाथोकी, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्की लगायतले मास्क अभियानलाई सफल पार्नुपर्नेमा जोड दिए ।कार्यक्रममा बोर्ड लगाउन स्थान उपलब्ध गराउने चाओसती ग्रुपका सञ्चालक पवन कुमार रुंगटा, ज्योती रुंगटा, पत्रकार सुरेश बिडारी, ओमप्रकाश खनाल, नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका प्रथम उपाध्यक्ष राकेश झाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्य नारायण वि.क.ले गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑