बीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं ४ स्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा पटेर्वासुगौली गाउँपालिका वडा नं १ बस्ने राजेश बैठाको १२ वर्षीय छाेरी अन्तिमा कुमारीको शव भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताए ।
उनका अनुसार कुमारी वडा नं ४ मा पर्ने भातौंटा जङ्गलमा बुधबार बिहान ६ बजेतिर बाख्रा चराउन लागि घरबाट निस्किएका थिइन । घरबाट निस्किएर नगेन्द्र चौधरीको पोखरी नजिक पुगेकी कुमारीको डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक कुमारीको शव पोष्टमार्टमका लागि पर्साको बीरगन्जस्थिति रहेको नारायणी अस्पतालमा पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले प्र. नि.थापाले बताए ।