• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुरे संरक्षणको माग गर्दै आमरण अनशन बसेका अभियन्ताको स्वास्थ्य अवस्था गम्भीर

  • वीरगंज संजाल
  • १ भाद्र २०७८, मंगलवार २२:४१
  • २५७३

    वीरगन्ज ।चुरे क्षेत्रका वन जंगल संरक्षणको माग राख्दै दुई जना चुरे अभियन्ता करिब एक सातादेखि आमरण अनशन बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भए पनि माग सुनुवाई हुन सकेको छैन ।

    चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सहसंयोजक रानी राय र चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादव जनकपुरधामस्थित जनक चोकमा आमरण अनशनमा बसेका हुन् । अनशनकारीहरुले सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्यानको जग्गा फिर्ता हुनुपर्ने सहित ५ सूत्रीय माग राखेका छन् ।

    तराई मधेसको लाइफलाइन चुरे तथा वन जंगल रहेको र चुरे क्षेत्र दिन–प्रतिदिन दोहन हुँदै गएकोले आफुहरु चुरे वन जंगल क्षेत्र संरक्षण सहितका माग राखेर अनशन बसेको उनीहरुको भनाइ छ ।

    ६ दिनदेखि आमरण अनशनमा बसेका राय र यादवको स्वास्थ्य अवस्था बिग्रिँदै गए पनि अहिलेसम्म सरोकारवाला निकायले आफ्ना मागप्रति बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

    अनसनमा बसेकाहरुले माग पूरा नभएसम्म अनसन नतोड्ने, बरु मर्न तयार रहेको बताएका छन् ।

    धनुषाका संयोजक अमन यादवले भने, ‘हाम्रो स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ, सरकारले समेत वास्ता गरेको छैन । आफू विगतमा पनि मधेस आन्दोलनमा सरिक भएको तर अहिले चुरे वन क्षेत्र विनास रोक्न माग गरेर सत्याग्रहमा बस्दा प्रदेश सरकारले समेत बेवास्ता गरेको छ ।’

    प्रदेश सरकारप्रति आफूहरुको बढी विश्वास रहे पनि चुरे वन क्षेत्र दोहनको विरोधमा जनता उत्रिँदासमेत बेवास्ता भएकोमा दुःख लागेको उनले बताए ।

    उनीहरुले चुरे अभियन्तामाथि लगाइएको झुठा मुद्दा खारेज हुनुपर्ने मागसमेत गरेका छन् । वन नियमावली २०५१ को दफा २२ को विपरीत डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले आर्थिक कार्यक्रम सञ्चालन गरेको उनीहरुको आरोप छ ।

    गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय सिरहाले कोटेसन मार्फत फलफूलका बिरुवा खरिद गरेकोमा पनि अनियमितता भएको भन्दै उनीहरुले छानविनको माग गरेका छन् ।

    अभियन्ताहरुले यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउनेदेखि मुख्यमन्त्री कार्यालय अगाडि १० दिनसम्म धर्ना दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑