वीरगन्ज ।परराष्ट्र मन्त्रालयले मंगलबार अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फर्किएको जनाएको छ । यस्तै ९ भारतीय समेत अफगानिस्तानबाट आएको र उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय दूतावासको जिम्मा लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालीलाई भने आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा सामाखुसी स्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयको भनाइ छ ।
अफगानिस्तानबाट उद्धार भई कुवेत आपुगेका थप नेपाली नागरिकहरू आज राति अर्को चार्टर विमानबाट काठमाण्डौ आइपुग्दै गरेको पनि मन्त्रालयले जनाएको छ ।
कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज सांझ ५ बजेसम्म २५६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गरेको पनि मन्त्रालयले जनाएको छ।