• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कृसलाको हत्यामा संलग्‍न दुई युवक सार्वजनिक, बदला लिन हत्या गरेको बयान

  • वीरगंज संजाल
  • १ भाद्र २०७८, मंगलवार ०७:५३
  • १९४९

    विराटनगर | उदयपुरको त्रियुगा नगरपालिका–६ की १६ वर्षीया कृसला चौधरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।शव फेला गरेको १२ दिनपछि प्रहरीले हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपयुरका प्रमुख प्रहरी उपरीक्षक सुवाशचन्द्र बोहराका अनुसार कृसलाको हत्यामा संलग्न रहेका सप्तरीको सुरुङगा नगरपालिका–१ बस्ने २७ का उचितलाल सदा र २३ का विशे सदालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको बताए । उनले घटनाको अनुसन्धानका क्रममा एक सयभन्दा धेरै जनासँग सोधपुछ गरेको जानकारी दिए । नियन्त्रणमा लिएका मध्ये उचितलाल र विशे सदाले आफ्नो बयानका क्रममा हत्या स्वीकार गरेका हुन् ।

    हत्यामा संलग्न रहेका मध्ये २७ वर्षीय उचितलालले आफ्नो घरबार बिगारिदिएकोले कृसलाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । कृसला र आफ्नी श्रीमतिको साथी भएको र कृसलासँग चिनजान भएका कारण श्रीमतिसँगको सम्बन्ध बिग्रिएको भन्दै बदला लिन हत्या गरेको बयान दिएका हुन् । कृसलासँग श्रीमान नजिक भएको भन्दै श्रीमतिले उचितलाललाई छाडेकी थिइन् ।

    त्यसैको रिसले कृसलाको साउन १३ गते राती करीव ९ बजेतिर जंगलमा लगेर हत्या गरेको हुन् । सामाजिक संजालमार्फत भएको सम्वाद लगायतका सुराकबाट उनीहरुलाई शंकाको घेरामा राखिएर नियन्त्रणमा लिई अनुसन्धान गर्दा घटनाको पुष्टि भएको प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले बताए । प्रहरीले अनुसन्धानका क्रममा ७ जनालाई हिरासतमै लिएर अनुसन्धान गरेको थियो ।

    कृसलाको बलात्कारपछि हत्या भएको आशंका गरिए पनि शव परीक्षण प्रतिवेदनमा त्यस्तो नदेखिएको प्रहरीले जनाएको छ । उचितलालले छिमेकी विशेलाई साथी लिएर आएको र एकजनाले कृसलालाई समातेर अर्कोले मुक्का प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ । साउन १३ गते घरबाट हिंडेकी कृसलाको शव त्रियुगा नगरपालिका–६ मोहनपुर नजिकै राजदेवी सामुदायिक वनभित्र सड्न थालेको अवस्थामा साउन १९ गते घाँस दाउरा गर्नेहरुले भेटेका थिए ।

    उनका बुवा प्रेमकुमार चौधरीले शव भेटिएको भोलिपल्टमात्रै आफ्नी छोरीको शव भएको पहिचान गरी सनाखत गरेका थिए । हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै स्थानीय मानव अधिकारवादी संघसंस्था, राजनीतिक दलका प्रतिनिधि, वाल संगठन लगायतले सदरमुकाम गाईघाटमा प्रदर्शन गरेका थिए । उक्त घटनाको छानबिनमा प्रहरी गम्भीर नभएको भन्दै प्रदेश र संघीय सदनका सांसदहरुले पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑