• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २९ दिनमै अधिवेशन अन्त्य, फेरि ‘अध्यादेश’तर्फै

  • वीरगंज संजाल
  • १ भाद्र २०७८, मंगलवार ०७:४२
  • ३४३७

    बिरगंज ।केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याउँदा कुनै दलले विरोध जनाएनन्। कारण र बाध्यता थियो– प्रतिनिधिसभा विघटनको अवस्था। बजेट नआउँदा मुलुक ठप्प हुने र बजेट ल्याउने अर्को विकल्प नभएको भन्दै अध्यादेशलाई स्वीकार गरियो।तर, सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्‍यो। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी भयो। सर्वोच्चको निर्णयबमोजिम पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन साउन ३ गते सुरु भयो। तर, देउवा नेतृत्वको सरकारले यो अवधिमा अध्यादेश प्रतिस्थापन गर्ने कानुन बनाएन।

    नयाँ कानुनका लागि कुनै विधेयक पनि ल्याएन। उल्टै २९ दिनमा अधिवेशन अन्त्य गरी ‘अध्यादेशकै बाटोतिर’ आफूलाई डोर्‍याएको छ। ओली सरकारले जारी गरेको बजेट अध्यादेशलाई ‘अलपत्र’ छाडेर नयाँ अध्यादेशको तयारी गरेको आरोप विपक्षी दलले लगाएका छन्। ‘प्रतिनिधिसभा विघटन गरिँदा लोकतन्त्र, संविधान, जनताका अधिकार समाप्त भए भन्दै आन्दोलनमा उत्रिएका साथीहरूले नै आज एकाएक अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो समात्नुभयो’, प्रमुख विपक्षी एमाले प्रमुख सचेतक विशाल भट्टराई अन्नपूर्ण पोस्ट्सित भन्छन् ।

    उनले भने, ‘विपक्षीसँग सल्लाह नै नगरी अधिवेशन अन्त्य गर्नु कहाँको लोकतान्त्रिक चरित्र रहेछ ?’एकाएक अधिवेशन अन्त्यप्रति सभामुख अग्नि सापकोटासमेत सन्तुष्ट नरहेको स्रोत बताउँछ। प्रधानमन्त्री देउवा र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख सापकोटासँग यसबारे परामर्श गरेका थिए। त्यस क्रममा अधिवेशन अन्त्य गर्नुभन्दा प्रभावकारी रूपमा सञ्चालन गर्नेतर्फ क्रियाशील हुनुपर्ने सुझाव सभामुखले दिएको उनको सचिवालयले जनाएको छ।

    अघिल्लो सरकारले जारी गरेका १५ अध्यादेशलाई देउवा सरकारले पहिलो बैठकमा प्रस्तुत गरेको थियो। तर, प्रतिस्थापन विधेयक पेस नगरी सरकारले अधिवेशन अन्त्य गरेको हो। विधेयकमार्फत भदौभित्र प्रतिस्थापन गरिसक्नुपर्ने अध्यादेशबारे सरकारले पहल नगरेको भन्दै विपक्षी दल असन्तुष्ट छन्। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश भने साउन पहिलो साता खारेज गरिएको थियो। प्रतिनिधिसभा पुनःस्थापना भए पनि संसद्ले काम गर्न नसकेको जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मणलाल कर्णको भनाइ छ। ‘प्रधानमन्त्री त सर्वोच्चले बनाइदियो। तर, सरकारले काम गर्न सकेन’, सांसद कर्ण भन्छन्, ‘सरकारसँग बहुमतै छैन, कसरी काम गर्छ ?’ सत्तासीन कांग्रेस सचेतक पुष्पा भुसाल भने अधिवेशन अन्त्य गरिए पनि सरकारले बजेट व्यवस्थापनदेखि नयाँ विधेयकको तयारी गर्ने बताउँछिन्।

    सरकारले सदनलाई प्रभावकारी बनाउन नै अधिवेशनको अन्त्य गरेको अर्का सत्ता साझेदार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको भनाइ छ। ‘सदन नचलेका बेला सरकारले अध्यादेशबाट बजेट ल्याउने हो’, सांसद गुरुङ भन्छन्, ‘संसदमा पेश भएकै अध्यादेशलाई प्रतिस्थापन गर्ने कि नयाँ अध्यादेश ल्याउने भन्ने सरकारको कुरा हो।’अधिवेशन अन्त्य हुँदा अध्यादेश मात्र होइन, संघीयता कार्यान्वयनसम्वन्धी महत्वपूर्ण विधेयकसमेत अलपत्र परेका छन्। नागरिकता संशोधन, रेलवेलगायत ३६ विधेयक प्रतिनिधिसभामा विचाराधीन छन्। प्रतिनिधिसभा देउवा सरकारले एउटा पनि विधेयक पेस गरेको छैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑