• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अफगानिस्तानमा रहेका नेपाली भन्छन्– हेलिकप्टर र गोलीबारीको आवाज मात्रै सुनिरहेका छौँ

  • वीरगंज संजाल
  • १ भाद्र २०७८, मंगलवार ०७:३४
  • ३०३३

    बिरगंज । “काबुलको आकाशमा हामीले अहिले हेलिकप्टर मात्रै देखिरहेका छौँ । एउटा सानो बेसमेन्टभित्र हामी सुरक्षित छौँ । त्यही सानो बेसमेन्टको आकाशमाथि मात्रै हामीले अहिले पनि ८/१० वटा हेलिकप्टर घुमिरहेका छन् । यता ग्राउन्डमा चाहिँ गोलीबारी भइरहेको छ । आकाशदेखि जमिन दुवै युद्धमय देखिएका छन् । हामीले गोली र हेलिकप्टरको आवाज मात्र सुनिरहेका छौँ ।”

    रामेछापको उमाकुण्ड गाउँपालिकाका डिल्ली खड्का बाह्रखरीको सम्पर्कमा आउँदा उनको आवाजसँगै गोली र हेलिकप्टरको आवाज पनि सँगै आएको थियो ।

    उक्त आवाजले तालिवानले अफगानिस्तान कब्जा गरेपछिको अवस्थालाई वर्णन गर्छ ।

    एक दशकअघि अफगानिस्तानको राजधानी काबुल पुगेका उनी एक वेयरहाउसमा काम गर्छन् । इकोलुक कम्पनीमा कार्यरत उनको डिपार्टमा मात्रै ५० जना नेपाली छन् । खुसीको कुरा उनीहरू सबै सुरक्षित छन् ।

    त्यहाँको अवस्थाबारे उनी भन्छन, “अहिले चाहिँ अफगानिस्तानको काबुलमा नेटो बेसमा छु । यहाँको स्थिति एकदमै नाजुक छ । हामीमाथि हेलिकप्टर उडिरहेका छन, युद्ध भइरहेको छ । तपाईं सुन्न पनि सक्नुहुन्छ । ८/१० वटा हेलिकप्टरमाथि आकाशमा देखिरहेको छु ।”

    उनीसँगै कम्पनीको एउटै विभागमा कार्यरत ५० जना नेपाली सँगै छन् । खड्काका अनुसार चितवन, बागलुङ, कास्की लगायतका जिल्लाका नेपालीहरू एउटै विभागमा कार्यरत छन् ।

    बाहिरको अवस्थाबारे अनभिज्ञ रहेका उनले बेसमा भएका चाहिँ सुरक्षित रहेको जानकारी दिए ।

    गोरखाको आरुघाटका अविनाश गुरुङ पनि अहिले काबुलमा नै छन् । त्यहाँ उनीसँगै विभिन्न जिल्लाका दर्जनबढी नेपाली छन् । उनीहरू सोमबार साँझ कतार उड्ने प्रतीक्षामा छन् । अफगानी भूमिमा ओर्लिएको अमेरिकन र ब्रिटिस आर्मीलाई भरोसा गरेका उनीहरू आजै कतार उड्ने बताउँछन् ।

    तर, नेटो बेसमेन्ट बाहिर रहेका नेपालीहरूको बारेमा उनको चिन्ता छ ।

    “हामी गोरखा, चितवन, झापा, इलाम, सुनसरीका छौँ । हामीलाई आज बेलुका कतार लैजान्छ होला । आज समाचार सुनेअनुसार ३५ जना नेपालीलाई समात्यो रे । बाहिर भएकोलाई गाह्रो छ होला,” उनले भने ।

    गुरुङसँग झापा, इलाम, सुनसरी, बागलुङ लगायत विभिन्न जिल्लाका नेपालीहरू एउटै बेसमेन्टमा छन ।

    “हामी ग्रिन जोनमा छौँ । यहाँ अहिलेसम्म आक्रमण भएको छैन । हामी यहाँ भएका सबैजना काम गर्न थालेको ५ वर्षभन्दा माथि भइसक्यो,” उनले भने ।

    आरुघाटकै हरि गुरुङ अफगानस्तानमा यो अवस्था अचानक आएको बताउँछन् । अमेरिकी सेना फिर्तीपछि यो अवस्था आउनसक्ने आँकलन गरेको तर यति छिट्टै आउला भन्ने कल्पना पनि नगरेको उनले बताए ।

    “अचानक यस्तो स्थिति आयो । अलि समय लाग्दा भन्ने सोचेका थियौँ । हामीले कल्पना पनि गरेका थिएनौँ । हामीलाई नपठाइकिन आर्मी फर्किँदैन । अहिले ब्रिटिस र अमेरिकन आर्मीहरू आइरहेका छन्,” उनले भने ।

    समाचार हेरेर नै बाहिरी अवस्थाबारे जानकारी लिने गरेको उनीहरूको भनाइ छ ।

    गुरुङका अनुसार बेसमेन्टबाहिर अहिले क्वारेन्टाइनमा बसेका एकजना नेपाली पनि फसेका छन् । उनी विराटनगरका हुन् ।

    उनका अनुसार ती नेपाली दुई हप्ता अघिमात्रै नेपालबाट अफगानिस्तान गएका थिए ।

    “नेपालबाट आएर दुई हप्ता देखि क्वारेन्टाइनमा रहेका विराटनगरका एकजना दाइ हुनुहुन्छ । उहाँ बाहिर फस्नुभएको छ, भित्र ल्याउने कोसिस जारी छ । के हुन्छ भन्न सक्ने अवस्था पनि छैन । उहाँ हामीसँगै काम गर्नुहुन्थ्यो । भरसक आज राति ल्याउने प्लान छ, हेरौँ के हुन्छ,” उनले बाह्रखरीसँगको कुराकानीमा भने ।

    आइतरबार विद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँको सरकार ढलेको थियो । हाल विभिन्न देशले अफगानिस्तानमा रहेका आफ्ना नागरिककाे उद्धार गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑