• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन पाएन सरकारले पूर्णता ?

  • वीरगंज संजाल
  • १ भाद्र २०७८, मंगलवार ०७:३०
  • ३१४९

    वीरगञ्ज।। शेरबहादुर देउवा प्रधानमन्त्री बनेको एक महिना पुरा भएको छ । अहिलेसम्म प्रधानमन्त्री देउवासँगै अन्य चार मन्त्री र एकजना राज्यमन्त्री मात्रै नियुक्त भएका छन् ।

    एक महिनासम्म सरकारलाई पूर्णता दिन नसक्दा प्रधानमन्त्री देउवा नेतृत्वको- गठबन्धन सरकारले निराश बनाएको छ । सरकारलाई नै पूर्णता दिन नसकेपछि सरकारको पहिलो गाँसमा नै ढुंगा लागेको विश्लेषण हुन लागेको छ । विहिबार र शुक्रबारको प्रतिनिधि सभाको बैठकमा काँग्रेसकै सांसदहरुले समेत सरकारले पूर्णता नपाएको विषय उठाएका छन् । उनीहरुले काँग्रेसलाई असफल बनाउन गठबन्धनमा रहेका दलहरुले सरकार विस्तारमा सहयोग नगरेको त होइन भन्दै प्रश्न समेत उठाएका छन् ।

    तर पछिल्ला घटनाक्रमले सरकारको विस्तार अझैँ केहि दिन पछाडी जाने संकेत देखिएको छ । यसको संकेत सत्तारुढ गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका छन् । प्रचण्डले शुक्रबार आफ्नो पार्टीको स्थायी कमिटी बैठकमा तत्काल मन्त्रिपरिषद् विस्तार नहुने पार्टी भित्र ब्रिफींङ गरेका छन् । स्थायी कमिटी बैठकमा नेताहरूले मन्त्रिपरिषद विस्तारको विषय उठाएपछि प्रचण्डले एमालेको नेपाल पक्षलाई पर्खिदा नै मुख्यरुपमा ढिला भएको जानकारी दिएका थिए । प्रचण्डले पार्टीहरुमा आन्तरिक समस्या भएको भन्दै अझै केहि दिन एमालेको नेपाल पक्षलाई पर्खिने सम्भावना रहेको बताएका छन् ।

    कुन कुन पार्टीमा छ त विवाद ?

    अहिले विश्लेषण गर्दा गठबन्धनका सबै पार्टीमा सरकारमा आने विषयमा किचलो देखिएको छ । प्रधानमन्त्री देउवाकै दल काँग्रेस महाधिवेशनको- दाउपेचमा फसेकाले मन्त्री छान्ने विषय दिनप्रतिदिन पेचिलो हुदै छ । गुट उपगुटले भागबण्डा मागेर महाधिवेशनका लागि बार्गेनिंग भइरहेकाले प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् । त्यसैले पनि उनको प्राथमिकता अहिले सरकार विस्तार भन्दा पार्टीको महाधिवेशन भएको छ । भदौ २३ भित्र महाधिवेशन गर्नै पर्ने संबैधानिक बाध्यता रहेकाले पनि उनको प्राथमिकता महाधिवेशन भएको छ ।

    त्यस्तै सरकार विस्तारमा दोस्रो अप्ठ्यारो एमालेको माधवकुमार नेपाल पक्षले गर्दा भएको छ । एमालेको विवाद मिल्ने तर्फपनि ठोस रुपमा अगाडी नबढेको र फुटने तर्फपनि स्पष्ट रुपमा अगाडी नबढेको अवस्थाले सरकार विस्तारमै असर गरेको छ । खासगरी प्रचण्ड नेपाल पक्षलाई सरकारमा सामेल गराएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थप अप्ठ्यारोमा पार्ने रणनीतिमा लागेकोले पनि ढिला भएको बुझिएको छ ।

    त्यस्तै गठबन्धनको अर्को घटक जसपामा पनि मन्त्री छान्ने विषयमा विवाद रहेको छ । अध्यक्ष उपेन्द्र यादव आफ्नै नेतृत्वमा सरकारमा सामेल हुन चाहेपनि डा. बाबुराम भट्टराईलगायतका नेता भने अन्य नेताको नेतृत्वमा सरकारमा जानुपर्ने पक्षमा रहेका छन् । जसपामा पनि मन्त्री छान्ने विषयमा एकमत नभएकाले सरकार विस्तारमा ढिला भएको देखिएको छ ।

    त्यस्तै माओवादी केन्द्रमा पनि मन्त्री बन्न आकांक्षा राख्नेको- संख्या धेरै भएपछि अध्यक्ष प्रचण्डले नै केहि दिन अघि सार्बजनिक कार्यक्रममा नै मन्त्री छान्न मुश्किल भएको बताएका थिए । माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सामेल हुने वा कृष्णबहादुर महराको नेतृत्वमा जाने भन्ने विषयमा विवाद रहेको छ ।

    यसरी गठबन्धनका हरेक दल र समुहमा विवादका कारण सरकारले एक महिनासम्म पूर्णता पाउन नसकेको देखिएको छ भने यो अझैँ केहि दिन लाग्ने देखिन्छ । यसरी यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार हुदा करिब एक महिना नै मन्त्री विहिन बनेका मन्त्रालय अहिले देउवा प्रधानमन्त्री बनेपछि पनि एक महिना मन्त्री विहिन बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑