• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कार्यकारी निर्देशकमै पुनर्बहालीका लागि हितेन्द्रले सर्वोच्चमा दिए रिट (रिटसहित)

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७८, सोमबार १८:१४
  • २२०५

    वीरगञ्ज।  नेपाल विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमै पुनर्बहालीका लागि ऊर्जा आयाेग लगिएका हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।  शाक्यले आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले नेपालखबरलाई जानकारी दिए।

    रिट निवेदनमा शाक्यले ४ वर्षको लागि कार्यकारी निर्देशकमा नियुक्त भएको र करिब ३ वर्ष समय बाँकी नै भएकाले थमौती हुनुपर्ने माग गरेका छन्।सरकारले कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको थियो। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले कुलमान घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिएको हो।

    घिसिङले पद सम्हालिसकेका छन्। सोही मन्त्रिपरिषद्को बैठकले नै शाक्यलाई सचिवसरहको सेवा सुविधा दिई ऊर्जा आयोगको सदस्यमा नियुक्त गरेको थियो।तर शाक्यले त्यसमा असन्तुष्टि जनाउँदै सर्वोच्चमा रिट दिएका हुन्। रिटमा शाक्यले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री, ऊर्जा सचिव, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति र कुलमान घिसिङलाई विपक्षी बनाएका छन्।

    प्राधिकरणको कार्यकारी निर्देशकको पद राजनीतिक नियुक्तिको पद नभएको र यसको पदपूर्ति र बर्खास्ती राजनीतिक पदमा जसतो राजनीतिक निर्णयको आधारमा हुन नसक्ने शाक्यले रिटमा जिकिर गरेका छन्। उनले भनेका छन्, ‘यसको पदपूर्ति र बर्खास्ती वस्तुगत आधारमा कानुनको प्रक्रिया पूरा गरेर मात्र गर्न सकिन्छ।’ तर यी सबै कुरा वास्ता नगरी मन्त्रालयमा राजनैतिक नेतृत्व परिवर्तन हुनासाथ विपक्षी मन्त्रीले आफूलाई बोलाएर कुलमानलाई नै कार्यकारी निर्देशकको रुपमा ल्याउनुपर्ने बाध्यता भएको हुनाले राजीनामा गर्नका लागि यही साउन २ गते अनुरोध गरेको उल्लेख गरेका छन्।

    ‘मैले राजीनामा गरेको अवस्थामा मलाई अन्य आकर्षक नियुक्ति दिने प्रलोभन समेत देखाउनुभयो’, ऊर्जामन्त्री भुसाललाई संकेत गर्दै उनले भनेका छन्, ‘मैले मेरो दक्षताको क्षेत्र सीमित भएको र आफ्नो सम्पूर्ण जीवनको सृजनशील समय प्राधिकरणको सेवामा बिताइसकेको हुनाले प्राधिकरणको सेवाबाट राजीनामा गर्न नसक्ने स्पष्ट जवाफ दिएको थिएँ।’

    ऊर्जा आयोगको विशेषज्ञ सदस्यमा आफूलाई नियुक्त गरिनु आफूमा कुनै दोष र खोट नभएको पुष्टि भएको उनले उल्लेख गरेका छन्। उनले सहमति र जानकारीबेगर आयोगमा गरिएको नियुक्तिलाई अस्वीकार गर्ने अधिकार आफूमा रहेको रिटमा दाबी गरेका छन्। रिटमा उनले कुलमानलाई नियुक्त गर्ने सरकारको निर्णय र त्यसअनुसार भएका पत्राचार कार्यान्वयन नगराउन र आफूलाई कार्यकारी निर्देशकको पदमा काम गर्न दिनु दिलाउनु भनी अन्तरिम आदेशको माग गरिएको छ।

    यस्ताे छ रिट 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑