• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा विवादमा निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चको मान्यता

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७८, सोमबार १८:०९
  • २१५३

    वीरगञ्ज।  जनता समाजवादी पार्टी नेपालको विवादमा अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले मान्यता दिएको छ।यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन पनि अस्वीकार गरेको छ।

    यससँगै अब यादव पक्षले सर्वोच्चबाट पनि जसपाको आधिकारिक पक्षका रुपमा मान्यता पाएको छ। सर्वोच्चका न्यायाधीशद्वय दीपक कुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरको रिटमाथि सोमबार सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

    ठाकुरले आफूहरुलाई दलविहीन बनाउने निर्वाचन आयोगको निर्णयले आफूहरुलाई अपूरणीय क्षति हुने जिकिरसहित रिट हालेका थिए। ठाकुर पक्षका दुईवटा रिटलाई एकै ठाउँ राखेर सुनुवाइ गर्दै सर्वोच्चले यादव पक्षलाई नै बल पुग्ने गरी आदेश दिएको हो।

    ठाकुरले हालेका दुईवटा रिटमाथि वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, प्रकाश बहादुर केसी, सुरेन्द्रकुमार महतो र ईश्वरी भट्टराईसहित बहसमा सहभागी भए। अर्कातिर उपेन्द्र पक्षबाट मुक्ति प्रधान, हरिहर दाहाल, टीकाराम भट्टराई, वीरेन्द्र ठाकुर, दीनमणि पोखरेल र महादेव यादवसहितले बहस गरेका थिए।यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर साउन १५ मा सर्वोच्च पुगेका थिए। उनले सर्वोच्च पुगेर अन्तरिम आदेशमार्फत निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोकिदिन भनेका थिए।

    पार्टीको कार्यकारिणी समितिमा बहुमत पुगेपछि निर्वाचन आयोगले यादव समूहलाई साउन ११ गते पार्टीको आधिकारिकता दिएको थियो। निर्वाचन आयोगमा भएको सनाखतमा यादव समूहमा ३४ र ठाकुर समूहमा जम्मा १६ जना कार्यकारिणी सदस्य उभिएका थिए। एकजना रेशम चौधरी भने तटस्थ बसेका थिए।ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन भए पार्टी विभाजन हुने भन्दै त्यसलाई रोकिदिन माग गरेका थिए। त्यसअघि पनि उनले हालेको रिटलाई सर्वोच्चले एकै ठाउँ राखेर सुनुवाइ गरेको थियो।

     

     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑