वीरगञ्ज । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाडेका छन् । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेका हुन्।
प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनले देश छोडेर ताजिकिस्तान गएको जनाइएको छ ।
स्रोतका अनुसार तालिबान लडाकूहरुको तर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् । घानीका साथमा उनका नजिकका केही मानिसहरुले पनि अफगानिस्तान छोडेका छन् । उनीहरुका बारेमा विस्तृतमा केही बताइएको छैन ।
हेर्नहाेस् भिडियाे