• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युरोपको पोर्चुगल पुगेरै नेपाल प्रहरीले ल्यायो मोस्ट वान्टेड सूचीका एक अभियुक्त

  • वीरगंज संजाल
  • ३० श्रावण २०७८, शनिबार १८:५०
  • २६४५

    काठमाडौं | नेपाल प्रहरीले ठगी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।नेपाल प्रहरीको इन्टरपोल शाखाले युरोपेली मुलुक पोर्चुगल पुगेर काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षीय केदार ढुंगानालाई नियन्त्रणमा लिएको हो। आज बिहान ११ बजे डीएसपी नेतृत्वको टोली अभियुक्त सहित काठमाडौंमा ल्यान्ड भएको हो। उनलाई पोर्चुगलबाट नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

    ‘हाम्रो टोली पक्राउ गर्न पोर्चुगल गएको थियो। आज बिहान समातेर काठमाडौं ल्याइसकेका छौँ,’ एसएसपी कुँवरले भने।ढुङ्गानाले देवः विकास बैंक ठगी गरेर २ करोड भन्दा बढी रुपैयाँ लिएका थिए। त्यस्तै, अन्य मानिससँग पनि लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी) को टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। उनीसहित १२ जना बिरुद्ध काठमाडौं जिल्ला अदालत, ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा छ।उनले ललितपुरमा रहेको देवः विकास बैंकबाट विभिन्न सवारी साधनहरु सुरक्षण बापत बैंकको नाममा पास गरी सवारी साधन कर्जाको लागि दुई करोड एकहत्तर लाख छयत्तर हजार रकम लिएका थिए। बैंकको कर्जा रकम नबुझाएपछि लिलामी गर्न बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारी साधनहरु बैंकको नाममा नरहेको खुलेको थियो। उनी बिरुद्ध २०७५ मंसिर २१ गते बैंकिङ कसुरमा जाहेरी दरखास्त दिइएको थियो।

    अनुसन्धानका क्रममा ढुंगाना सवारी साधन कर्जा लिने प्रयोजनको लागि बैंकमा पेश गरेको प्रमाण पत्र समेतका कागजातहरु कीर्ते (नक्कली) बनाएको खुलेको थियो। सरकारी छाप तथा दस्तखत कीर्ते गरेको देखिएपछि काठमाण्डौ जिल्ला अदालतमा ५ वटा र ललितपुर जिल्ला अदालतमा १० वटा मुद्दा दर्ता भएको थियो।२०७७ पुस २० गते ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला भइसकेको छ। अदातलते ढुंगाना समेतका अन्य मानिसलाई प्रत्येक मुद्दामा १ वर्ष कैद र सत्तरी हजार जरिवाना गर्ने फैसला सुनाएको थियो। काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा दर्ता भएका अन्य दर्जनभन्दा बढी मुद्दा विचाराधीन रहेका छन्।

    २०७७ जेठ १६ गते प्रहरीले ढुंगानाले पोर्चुगलमा रेसिडेन्ट परमिटका लागि आवेदन दिएको सुचना प्राप्त गरेको थियो। त्यसपछि इन्टरपोल प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याउन प्रकिया अगाडि बढाइएको थियो। उनीविरुद्ध प्रहरीले रेड कर्नर नोटिस गत वैशाख ३१ गते जारी गरेको थियो। त्यसअघि उनी बिरुद्ध २०७५ पुस १७ मा डिफ्युजन नोटिस जारी गरिएको थियो।फरार रहेका ढुङ्गाना युरोपमा व्यापार गरेर बसेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिएको हो। उनी त्यहाँ बिजनेस भिसामा पुगेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑