वीरगञ्ज । वीरगञ्जमा प्रभात काब्य यात्रा सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिवार साहित्यीक अनुरागीहरुको जमघट गर्ने र साहित्यीक भलाकुसारी गर्ने उद्देश्यले प्रभात काब्य यात्रा सञ्चालन हुने गरेको छ ।
विगत लामो समयदेखि कोरोना भाइरसको महामारीका कारण हुन नसकेको साहित्यीक कार्यक्रम अघिल्लो महिनादेखि पुनः आरम्भ गरिएको हो ।
प्रतिक दैनिकका प्रदान सम्पादक एवम् काब्य यात्राका संरक्षक जगदिश शर्माको नेतृत्वमा भएको कार्यक्रममा बरिष्ठ आख्यानकार एवम् साहित्यकार गणेश लाठ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, हरिहर पौडेल, रितेश त्रिपाठी, दिलिप राज कार्की, गोपाल पी खनाल, सूर्य नारायण वि.क., प्रिया मिश्रा, गीता भण्डारी, अजमत अली, श्रेयज सुवेदी, दिवस सर्राफ लगायतले साहित्यीक सृजना प्रस्तुत गरेका थिए ।
स्रष्टाहरुले नेपाली, हिन्दी र भोजपुरी भाषामा गजल, कविता, गीत, मुक्तक लगायतका सृजना पस्किएका थिए ।