जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ८ रामानन्द चोकस्थित सडकमै एक यूवक मृत अवस्थामा भेटिएका छन् ।
शनिबार बिहान अन्दाजी २५ वर्षीय युवक मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक युवकको भने पहिचान हुन सकेका छैन । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ ।
उनको कसरी मृत्यू भएको विषयमा केहि खुल्न सकेका छैन । घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतले बताए ।