वीरगञ्ज। सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज शुक्रवार सरकारका नाममा यो आदेश जारी गरेको हो ।
प्रवेश केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै ज्येष्ठ नागरिकलाई कोरोना खोप सहज उपलब्ध गराउन माग गरेर रिट निवेदन दर्ता गराउनुभएको थियो ।
सर्वाेच्चले खोप केन्द्रसम्म जान नसक्ने नागरिक, अस्पतालले पहिचान गरेका दीर्घ रोगी तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्ने नागरिकलाई घरमै पुगेर खोप दिन अन्तरिम आदेश जारी गरेको हो ।