• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नागरिकता लिएर घरमै पुगे प्रजिअ

  • वीरगंज संजाल
  • २९ श्रावण २०७८, शुक्रबार ०२:०४
  • २७६५

    सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जयनारायण आचार्य नागरिकता बोकेर घरमै आएपछि प्रह्लाद मण्डलको परिवार दङ्ग परे । नागरिकताबाट वञ्चित पूर्ण अपाङ्ता भएका प्रह्लाद पनि मुस्कुराए । अशक्त, अपाङ्गता र सुस्त मनस्थितिका उनले नागरिकताको महत्व त बुझ्नु भएन होला तर धेरै मानिस उनको वरिपरि झुम्मिएको र परिवारका मानिस खुशीले गद्‌गद् बनेको देखेर प्रफुल्लित भए ।

    जिल्लाका प्रमुख नै नागरिकता लिएर आएपछि दङ्ग परेका गाउँलेसहित पूर्वउपप्रधान पञ्च र वडाध्यक्ष पनि उनको घरमा जम्मा भए । शारीरिक अशक्तताका कारण उठेर बस्न समेत नसक्ने प्रह्लाद जिल्ला सदरमुकामसम्म पुग्नसक्ने अवस्था थिएन । ती अपाङ्गतालाई नागरिकता दिलाउन प्रजिअ आचार्यसहितको टोली आज घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता हस्तान्तरण गरे ।

    गाउँका हरिरमण शाहको पहलमा सोही वडाका अध्यक्ष गोपी मण्डलले नागरिकताका लागि सिफारिस दिएका थिए । बालकैदेखि अपाङ्गता भत्ता पाउँदै आएका प्रह्लादको उमेर पुगेपछि नागरिकता नहुँदा भत्ताबाट वञ्चित हुँदै आएका थिए ।

    नागरिकता पाएपछि अब अपाङ्गता भत्ता पाउने भए भन्दै उनको परिवारले खुशी व्यक्त गरे । शारीरिक अपाङ्गताका कारण सदरमुकाम धाउन नसक्दा १२ किलोमिटर दूरीमा रहेको घरमै आएर नागरिकता दिनुभएकामा मण्डल परिवारले प्रजिअ आचार्यसहितको टोलीलाई धन्यवाद दिए ।

    अपाङ्गता भएका प्रह्लाद हिँडडुल गर्न असमर्थ भएकाले आफूले घरमै पुगेर नागरिकता प्रदान गरेको प्रजिअ आचार्यले बताए । अपाङ्गता भएका भतिजालाई घरमै सिडिओ आएर नागरिकता प्रदान गरेकोमा खुसी लागेको उनका ठूलो बुवा शिवेन्द्रले बताए । प्रह्लादका बुवा शैलेन्द्र र आमा कोसिला अपाङ्ग छोराको उपचारका लागि कमाउन १४÷१५ वर्षअघि भारतको दिल्ली गएपछि फर्केर आएका छैनन् । बुवा आमा दुवै बेपत्ता भएपछि प्रह्लादको स्याहार ठूलो बुवा शिवेन्द्र र ठूलीआमा सुनिताले गर्दै आएका छन् ।

    प्रह्लाहका भाई ध्रुव भने सुनसरीको इनरुवास्थित फूपू जयमालाको घरमा बस्दै आएका छन् । जन्मजात अपाङ्ग रहेका प्रह्लादको उपचारका लागि परिवारले धेरै प्रयास गरेको शिवेन्द्रले बताए । चिकित्सकले नसा खुम्चिँदै गएको र निको नहुने भनेर बताएपछि हरेश खाएर घरमै राखेको उनले बताए ।

    “केही दिनअघि शिवेन्द्र, वडाध्यक्ष गोपी मण्डल र गाउँकै हरिरमण हाम्रो कार्यालयमा पुग्नुभएको थियो । हिँडडुल गर्न नसक्ने अपाङ्गता भएका प्रह्लादका बारेमा जानकारी गराउनुभयो”, प्रमुख जिल्ला अधिकारी आचार्यले भने, “नेपाली नागरिकताको प्रमाणपत्र पाउने उमेर पुगेका नागरिक हिँडडुल गर्नसक्ने अवस्थामा नरहेको र सोही कारणले नागरिकताबाट वञ्चित रहेको थाहा पाएपछि घरमै पुगेर नागरिकता वितरण गरेको हुँ ।”

    जन्मेदेखि नै हिँडडुल गर्न नसक्ने प्रह्लादकी हजुरआमा ८५ वर्षीया सुखियादेवी निकै खुशी भइन् । उनले भनिन्, “हाम्रो समस्या बुझेर सिडिओ साप घरमै आएर नागरिकता दिनुभयो । सरकार रहेछ भन्ने अनुभूति भयो ।” ज्येष्ठ नागरिकको हैसियतले सामाजिक सुरक्षाभत्ता आफूले पाइरहेकामा अब नातिले पनि अपाङ्गता भत्ता पाउने आशा जागेको उनले बताइन् । सुखियादेवीले सिडिओ आचार्यलाई आशीर्वाद र धन्यवाद दिँदै अब स्थानीय सरकारले पनि सहयोग गर्ला भन्ने आशा पलाएको बताइन् ।

    “नागरिकता पाउने उमेर पुगेका प्रह्लादले घरमै नागरिकता पाउँदा औधी खुशी लाग्यो”, दिसापिसाव सोहोर्ने, नुहाउने, खुवाउने काम गर्दै आएकी ठूलीआमा सुनिताले घरमै पुगेका प्रमुख जिल्ला अधिकारीबाट अन्य सहयोगको पनि आशा मिलेको बताइन् ।

    प्रह्लादमा जन्मेदेखि नै हात खुट्टा नचल्ने समस्या देखिएको हो । उमेर बढ्दै जाँदा ठीक होला भनेको त्यो समस्या झन् बल्झिएको सुनिताले बताइन् । उनले भनिन्, “आफ्ना तीन सन्तान हुर्काउनभन्दा अपाङ्गता भएका भतिजालाई हुर्काउन निकै परिश्रम गर्नुपरेको छ ।” सबैको सहयोगको आशा गरेकी सुनिताले घरमै सरकार आएकामा खुशी लागेको बताइन् ।

    उनले प्रजिअ आचार्यलाई ठूलो गुन लगाउनुभएको भन्दै धन्यवाद दिँदा प्रजिअ आचार्यले भने, “हामीलाई प्रह्लादको अवस्था र नागरिकताको आवश्यकताबारे जानकारी दिनेलाई धन्यवाद दिनुस्, राज्यले त आफ्नो कर्तव्य मात्र निर्वाह गरेको हो ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑