• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भदौको पहिलो सातायता जसपाले मन्त्रीको टुङ्गो नलगाउने

  • वीरगंज संजाल
  • २८ श्रावण २०७८, बिहीबार २२:४४
  • २९८५

    वीरगन्ज । जनता समाजवादी पार्टी नेपालले भदौ यता सरकारमा मन्त्री नपठाउने भएको छ । भदौ १ र २ गते बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यो बैठकअघि सरकारमा पार्टीबाट कसलाई पठाउने भन्नेबारे टुङ्गो नलाग्ने भएको छ ।

    जसपा उपेन्द्र यादव पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरिसकेको छ तर मन्त्रीको बारेमा अझै निर्णय गर्न सकेको छैन । सुरुमा सत्ताधारी गठबन्धनको साझा न्युनतम कार्यक्रम तयार भएपछि सरकारमा सहभागी हुने भन्दै आएको जसपा नेपालले अझै सरकारमा जाने व्यक्ति छान्न नसकेको हो ।

    सरकारको साझा न्युनतम कार्यक्रम आइसकेपछि जसपा नेपालले एमाले माधवकुमार नेपाल पक्षको निर्णयलाई कुरेको भन्दै आलटाल गरेको थियो । तर अहिले आएर भदौ १ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकपछि मात्र सरकारमा कसलाई पठाउने भन्नेबारे टुङ्गो लाग्ने जनाएको छ ।

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘भदौको पहिलो हप्ता यता सरकारमा सहभागिता सम्भव छैन, भदौ १ गतेदेखि पार्टीको बैठक छ, त्यो बैठकपछि मात्र मन्त्री चयन गरेर पठाउने छौं ।’ सरकारका बारेमा एमाले माधवकुमार नेपाल पक्षले पनि केही निर्णय दिइएको छैन र काँग्रेसको पनि केन्द्रीय समिति बैठक सुरु भएकोले अहिले हतार गरेर मन्त्री पठाउने काम नगर्ने उनले बताए ।

    हतारमा मन्त्री पठाएर पछाडि पश्चाताप गर्नुभन्दा सबै कुरा ठीकठाक पारेर मात्र सरकार जाने आफूहरुको सोच रहेको उनको भनाइ छ । उनले सरकारमा जान हतार नरहेको पनि प्रस्ट पारे ।

    ‘सरकारले गर्नुपर्ने कामहरु गरिरहेकै छ, कुनै काम रोकिएको छैन,’ उनले भने, ‘त्यही भएर हामीले हतार गरेका छैनौं,’ उनले भने, ‘मन्त्रिमण्डल विस्तारका लागि न गठबन्धनमा कुनै समस्या छ, न कुनै पार्टीमा समस्या छ ।’
    गठबन्धनमा रहेका सबै दलले एकैपटक मन्त्री पठाउने सोच बनाएको भन्दै उनले यसमा अलिकति ढिला भएजस्तो देखिएको टिप्पणी गरे । तर अलिकति ढिला हुँदैमा केही फरक नपर्ने उनको भनाइ छ । उनले भने, ‘सबै झन्झट क्लियर गरेर जाँदा राम्रो हुन्छ ।’
    आफूहरुको पार्टीमा आन्तरिक विवादलाई लिएर सर्वोच्चमा मुद्दा चलिरहेको र यस बीचमा उक्त विषयको पनि समाधान हुने देखिएको बताउँदै अध्यक्ष यादवले अहिले गठबन्धनमा कसले कतिवटा मन्त्रालय पाउने, कुन कुन मन्त्रालय पाउने भन्नेबारे छलफल नभएको प्रस्ट पारे । पार्टीमा पनि अहिले त्यो विषयले प्रवेश नपाएको उनको भनाइ छ ।

    यद्यपि, जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री चयनको विषयमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी तोकिसकेको छ । उनीहरु आन्तरिक रुपमा यसका विषयमा छलफल गरिरहेका छन् । पार्टीमा मन्त्री बन्नेहरूको दबाब बढ्दै गएपछि निर्णय लिन गाह्रो भइरहेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑