वीरगन्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्मचोकबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका अनिल शाह, धरान घर भएका रवि पौडेल र पर्साको मकाहमैनपुर गाउँपालिका घर भएका विजय कुमार पटेल छन् ।
आरोपीहरुको साथबाट एउटा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले उनीहरुमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ ।