• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुशील कोइरालाको योगदान स्मरण

  • वीरगंज संजाल
  • २८ श्रावण २०७८, बिहीबार १२:०६
  • ४५५३

    वीरगन्ज । युवा नेता धिरज गुप्ता । जनजाती, आदीवासी, महिला, मुस्लिम लगायतका समुदायले आफ्नो माग संविधानमा हुवहु लेखिनु पर्छ, नत्र संविधान आफुहरुलाई मान्य नहुने र संविधानमै आगो लगाई दिने कुरा भन्दा तत्कालीन प्रधानमन्त्री सुसिल कोइरालाले संविधानमा आगो लगाउनु भनेको देशमा आगो लगाउनु हो । यदी कसैले देशमै आगो लगाउन्छ भने मेरो भन्नु केही छैन् । संविधानमा अधिकार, सबैको भाषा, सबैको धर्म सुनिश्चित हुन्छ । शान्ति र संविधानका निम्ति सहमति, सहकार्य, एकता, मेलमिला र वार्ताका माध्यमले भएका असमतिहरुलाई सामाधान गर्नुपर्छ । यदि हामी द्धन्द्धमा फस्यौ भने वालुवामा पानी हाले सरह हुन्छ, मुलुक गहिरो अस्तित्व संकटमा पर्न सक्छ ।”संविधान जारी हुनु भन्दा पहिला तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशिल कोइरालाले वोलेको एक अंश ।

    मृत्यूको अन्तिम समयसम्म सहमति, सहकार्य, एकता, मेलमिला र वार्ताका माध्यमले असमतिहरुलाई सामाधान गर्नु पर्छ, भन्ने मान्यता वोक्नु भएका संविधानका पिता स्वः सुसिल कोइराला आज उदाएको दिन हो आज ।

    पिता बोधप्रसाद र माता कुमुदिनीको कोखबाट ज्येष्ठ सुपुत्रका रूपमा सन् १९३९ मा आजकै दिन विराटनगरमा सुशील कोइरालाको जन्म भएको थियो । बुवा बोधप्रसाद वन अधिकृत हुनुहुन्थ्यो । जागिरको सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज सरुवा भएपछि उनका ६ भाइ र एक बहिनी सहित कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो । जहाँ सुसिल कोइरालाको वाल्यकाल वितेको थियो ।

    प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएनु भएका कोइराला वि.सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए । प्रजातन्त्र प्राप्तीको आन्दोेलनका क्रममा उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताउनुभयो ।

    चतुर राजनितिज्ञका रुपमा रहेका कोइराला वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुुनुभयो, त्यसपछि २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनु भएका कोइरालाले २०४२ सालको सत्याग्रह र २०४६ र २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलन भाग १÷२ मा सक्रियरूपमा लाग्नु भयो । राजनीतिक यात्राका क्रममा सुशील काइरालाले पार्र्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गर्नु भयो । उहाँले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनु भएको छ । उनले २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गर्नु भयो । काठमाण्डौमा सम्पन्न भएको १२ औं महाधिवेशनबाट नेपाली काँग्रेस पार्टी सभापति चुनिनु भयो ।

    ‍कोइराला अहिले समकालीन नेताहरुमा सबैभन्दा सादा जीवन व्यतित गर्ने सुशिल सन्त राजनीतिक नेताका रूपमा पनि परिचित हुनुहन्थ्यो । सुशील कोइरालाको विसं २०७२ माघ २६, राती १२.५० मध्यरातमा काठमाण्डौको महाराजगञ्ज स्थित निवासमा कोइरालाको निधन भएको थियो । नेपाली राजनीतिमा एक सदा जीवन उच्च विचार राख्ने आफु र पार्टी भन्दा पनि नेपाली जनतालाई शिरोपरी गर्ने महाननेता सुसील कोइराला बस्ले नेपाली राजनीतिमा एउटा आयाम थप्न भएको छ । नेपाल जनताले चाहेको संविधान सभाबाट संविधान जारी उहाहाँकै पालामा पुरा भयो । निहित स्वार्थ भन्दा राष्ट्र स्वार्थलाई महत्व दिने नेपाली जनताका हक अधिकारको लागि सदैव लड्नु हुने संविधानका पिता सुसिल कोइरालाको जिवनी प्रेरणाको श्रोत बनेको छ ।

    ‍कुनै एक जात विशेष, धर्म, पार्टी भई सिंगो देशलाई शिरोधारी गरी मुलुक र जनताको पक्षममा आवाज वुँलन्द गर्दै सहमति, सहकार्या वार्ताका माध्यामले सबैलाई मिलाई देशमा लोकतान्त्रीक गणतन्त्रा स्थापना र संविधान जारी र कार्यान्वयमा महत्वपूर्ण भुमिका निर्वाहा गर्नु भयो । यो नेपाली जनताका लागि एकदमै महत्वपक्ष हो । देश विभिन्नन आन्दोलन र समस्या ग्रहस्त रहेका वेला समेत मेलमिलापको माध्यमले सबैलाइ समान व्यवहार सहित दिगो विकसा तर्फ प्रेरित गर्नु भयो । देश महाभुकम्भ आक्रान्त भएको वेला नेपाल सरकार र अन्तराष्ट्रिय समक्ष सहयोग आव्हान गरी पिडामा रहेका नेपाली जनतामा मलहम लगाउने काम गर्नु भयो ।

    झुटो आश्वासन र देखावटी सपनाको राजनीति नगर्ने कोइराला एक सच्चा देशभक्त हुनुहन्थ्यो । आज हामी जुन गर्भका साथ कानन र संविधानको कुरा गर्दैछौ । त्यो उहाँकै देन हो । देश र जनता तथा मुलुकको हिफाजत गर्नु उहाँले मुख्य जिम्मेवारी ठान्नु भएको थियो । पहिलो संविधान सभावाट कम्न्यूष्टको चार चार वटा सरकार गठन भएपनि संविधान जारी नभई संविधान सभा नै विघटन भयो । नेपाली जनताको सपना निरासमा परिणत भयो । दोस्रो संविधान सभाको निर्वाचन पश्चात कोइरालाको नेतृत्वमा गठन भएको सरकारले देशको मुल कानुन संविधान जारी भयो ।

    उहाँ देशको वागडोर सम्हाले पछि आफ्नो जिम्मेवारी पुरा गर्नुभयो आज उहाँ संविधानका पिताका रुपमा आफुलाई स्थापित गर्न सफल हुनु भयो । नेपाली जनताको मन मष्तिकमा सुसिल कोइराला हुनुहन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑