बारा । बाराको जीतपुरबाट हराएको मोटरसाइकल रौतहटबाट बरामद भएको छ ।साउन २० गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थितमा ड्रिम्स ताज होटेल अगाडि पार्किङ गरिराखेको प्रदेश २–०३–०१६ प ३९३ नं.को २२० सि.सि.को पल्सर चोरी भएको थियो ।
चोरी भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय सिमराले खोजी कार्य गर्दै जाँदा रौतहट जिल्लाको विजयपुर भन्ने ठाउँमा बेवारिसे अवस्थामा फेला पारेको हो ।
बरामद मोटरसाइकललाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बस्ने मोटरसाइकल धनी प्रदीप गोस्वामीलाई बुझाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।