जनकपुर । सिरहामा ट्याक्टर पल्टिदा एक युवकको मृत्यु भएकाे छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका १ निपाने का ३० वर्षिय अरुण यादव रहेका छन् ।
बुधबार बिहान सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजीकै स.१त.५९३५ नम्बरको ट्याक्टर पल्टिदा च्यापिएर लेबरको रुपमा काम गर्ने यादवको मृत्यु भएको हो ।
खोलाबाट बालुवा ल्याउन गएको बेला ट्याक्टर अनियन्त्रीत भई पल्टिएको प्रहरीले जनाएको छ ।ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव दुवैजना फरार भएका छन् । दुबैजनाको खोजि कार्य र घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।