• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संघदेखि प्रदेशसम्म एमालेलाई धक्का : प्रदेश सरकार दुईमा सीमित

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार १८:१२
  • २४४१

    वीरगन्ज । २०७४ सालमा सम्पन्न आम निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले एकपछि अर्को धक्का व्यहोर्नुपरेको छ । नयाँ संविधान निर्माणपछि पहिलोपटक भएको निर्वाचनमा ठूलो दल बनेपछि संघीय सरकारका साथै ४ वटा प्रदेशमा सरकार बनाएको एमाले संघीय सरकारका साथै क्रमशः प्रदेश सरकारको नेतृत्वबाट समेत बाहिरिन बाध्य भएको छ ।

    चुनावपछि एमाले र माओवादी केन्द्रसँग मिलेर नेकपा बन्यो । नेकपा बन्दा केन्द्रसहित ७ वटा सरकारको नेतृत्व गरे पनि एमाले–माओवादी एकता झण्डै साढे तीन वर्षभन्दा बढी टिकेन ।

    एमाले–माओवादी मिलेर बनेको नेकपा गत फागुन २३ पछि पूर्ववत् अवस्थामा पुगेसँगै केन्द्रदेखि प्रदेशमा समेत एमाले एकपछि अर्को गर्दै सत्ता छोड्न बाध्य भएको छ । केन्द्रमा अध्यक्ष केपी ओलीको ठाउँमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भैसकेका छन् ।

    गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएपछि सत्ता कम्पन व्यहोर्न बाध्य एमालेमा अझै त्यो कम्पन जारी छ । यो कम्पनले अध्यक्ष केपी शर्मा ओलीदेखि प्रदेशमा ओलीकै विश्वासपात्रका रुपमा रहेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलदेखि गण्डकीका पृथ्वी सुब्बा गुरुङसमेत सत्ता बहिर्गमनमा परिसकेका छन् ।

    प्रदेश सभामा बहुमत नपुग्ने भएपछि बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिन बाध्य भए । उनको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले बुधबारै स्वीकृत गरेर नयाँ मुख्यमन्त्री चयनको बाटो खोलेका छन् ।

    मुख्यमन्त्री पोखरेलको राजीनामासँगै अब लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट प्रस्तावित नेकपा माओवादीका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ ।

    गण्डकी प्रदेशमा यसअघि नै गुरुङ नेतृत्वको सरकार ढलेर काँग्रेसका कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बनिसकेका छन् । लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामासँगै एमाले नेतृत्वको प्रदेश सरकारको संख्या चारबाट २ मा सीमित बन्न पुगेको छ ।

    बाग्मती र प्रदेश १ मा मात्र सीमित भएको एमाले नेतृत्वको प्रदेश सरकार ती प्रदेशमा पनि रहने, नरहने अनिश्चित छ । ​

    लुम्बिनीमा अनौठो संयोग !

    बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा छलफल हुँदै थियो । स्पष्ट अल्पमतमा परिसकेका पोखरेलले अविश्वास प्रस्तावको सामना गर्नुपूर्व नै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा बुझाउन पुगे ।

    विपक्षी दलहरूले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । पोखरेलको बहिगर्मनपछि यो प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रकै नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्नेछन् । यो प्रदेशमा प्रदेश प्रमुख पनि माओवादी केन्द्रकै नेता अमिक शेरचन छन् ।

    देउवा नेतृत्वको सरकारले दुईसाता अघिमात्रै शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पनि नेकपा माओवादीकै छन् । लुम्विनी प्रदेशका सभामुख माओवादीका पूर्णबहादुर घर्ती छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑