वीरगन्ज । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले आकर्षक इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले थप ३९ रुपैयाँमै १०० एमबीपीएस इन्टरनेट सेवा प्रयोग गर्न सकिने गरी अल्ट्राबुस्ट प्याकेज ल्याएको हो ।कम्पनीका विद्यमान ग्राहकले १०० एमबीपीएसको अल्ट्राबुस्ट इन्टरनेट सेवा प्रयोग गर्न सकिनेगरी विभिन्न विकल्प रोज्न सक्नेछन् । जसअनुसार ३९ रुपैयाँमा (भ्याट तथा दूरसञ्चार सेवा शुल्क सहित ५० रुपैयाँ) मा पाँच जीबी, १५५ रुपैयाँ (कर सहित १९८ रुपैयाँ) मा २५ जीबी र ६०० रुपैयाँ (कर सहित ७६६ रुपैयाँ) मा १०० जीबी डेटा खरिद गर्न सक्नेछन् ।
यसका लागि अग्रिम रुपमा रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी खरिद गरेको अल्ट्राबुस्ट डेटा खपत नभएसम्म १०० एमबीपीएसको गति प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । भायानेटको सेवा लिएका सक्रिय ग्राहकले मात्रै यो सुविधा प्राप्त गर्नेछन् ।१०० एमबीपीएस गतिको स्पिड डाउनलोड स्पिडको रुपमा मात्रै प्राप्त हुने भन्दै कम्पनीले स्पिड र लेटेन्सी आफ्नो तारयुक्त सम्पर्क रहेको ब्याकबोन तथा एक्सेस नेटवर्कमा मात्रै यसको सुनिश्चितता हुनेछ । अल्ट्राबुस्ट डेटा विद्यमान प्याकेज सकिएपछि पनि कायम रहने बताइएको छ ।
कसरी लिने ?
यो सुविधा प्रयोग गर्न भायानेटका ग्राहकले यहाँ क्लिक गरी कम्पनीको एप डाउनलोड गर्नुपर्ने हुन्छ । एपमा गएर ‘इन्टरनेट’ आइकनमा क्लिक गरी कुन अल्ट्राबुस्ट प्याकेज लिन चाहनुहुन्छ, त्यसमा जानुहोस् ।यति गरेसँगै त्यहाँ तपाईंले छनौट गरेको सेवाको विस्तृत विवरण देखिनेछ । त्यसैमा तपाईंले अल्ट्राबुस्ट डेटामोड पनि देख्न सक्नुहुन्छ । साथै अल्ट्राबुस्ट प्याकेजको बाँकी रहेको डेटा हेर्न सकिनुका साथै यो मोड अन र अफ गर्ने टोगल बटनको विकल्प समेत छ ।ग्राहक स्वयंम्ले अल्ट्राबुस्ट मोड अफ नगरेसम्म यो प्याकेजको डेटा प्रयोग भइरहन्छ । सँगै तपाईंले अल्ट्राबुस्ट डेटा खरिद गर्ने बटन पनि देख्न सक्नुहुन्छ ।
उक्त बटनमा क्लिक गरी अल्ट्राबुस्ट डेटा प्याकेज खरिद गर्न अगाडि बढ्नुहोस् । मोबाइल एप बाहेक कम्पनीको वेबपोर्टलबाट समेत अल्ट्राबुस्ट डेटा खरिद तथा प्रयोग गर्न सकिन्छ । जसका लागि यहाँ क्लिक गरी कम्पनीको वेबसाइटमा जानुहोस् र लगईन गर्नुहोस् ।अब त्यहाँ देखिएको इन्टरनेट आइकनमा क्लिक गर्नुहोस् । जहाँ तपाईंले प्रयोग गरिरहेको इन्टरनेट सेवाको बारेमा जानकारी देखिन्छ । त्यसभित्र केही तल रहेको ‘अल्ट्राबुस्ट’ मेनुमा जानुहोस् र ‘बाई’ बटनमा थिचेर आफूलाई आवश्यक डेटा खरिद गर्नुहोस् ।