• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको वन संरक्षण देशभरमै उत्कृष्ट, राष्ट्रिय पुरस्कारबाट कटुवाल सम्मानित

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार ०२:१५
  • ३०६१

    बारा | डिभिजन वन कार्यालय बारामा कार्यरत जम्मदार धुव्रकुमार कटुवाल देशभरका वन कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट कर्मचारी छनोट भए। देशभरबाट परेको निवेदनका आधारमा उत्कृष्ट कर्मचारी पुरस्कार बाराका कटुवालले पाएका हुन्।सामुदायिक वन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले १ लाख राशीको ‘गणेश बहादुर शाही’ राष्ट्रिय पुरस्कार कटवाललाई सम्मानित गरेका हुन्।चोरीतस्करी नियन्त्रण र वन संरक्षणमा राम्रो काम गरेवापत उनले यो पुरस्कार पाएका हुन्। ‘३१ वर्ष जागिरको दौरानमा मैले आजसम्म १ पटक स्पष्टीकरण र गयल खाएको छैन, ’ हर्षित हुँदै कटुवालले भने, ‘राम्रो काम गर्दा यस्तो पुरस्कार पाइने रहेछ, मेरो कामको मूल्यांकन गरेर पुरस्कृत गर्नुभयो, यो भन्दा ठूलो खुसी त केही हुन सक्दैन।’

    गत ४ वर्षदेखि बारामा कार्यरत कटुवालले आफू मातहतमा रहेका १० जना जम्मदार र २५ जना वन रक्षकलाई चोरी तस्करी नियन्त्रण र वन संरक्षणमा खटाउने गर्दछन्।‘हामी निरन्तर चौबीसै घन्टा गस्ती गरिरहेका छौँ, एक रात पनि टुटेको छैन, ’ उनले भने, ‘हाम्रो गस्ती टोली विशेषगरी पथलैया-निजगढ सडक खण्डको ११, १२, १३ १४, १५ र १६ किलोमिटर, कोहल्वीको भिम सखुई, तामागढी साझेदारी वन, मधुवन, बोधवन र सिंगो क्षेत्रमा धेरै फोकस हुन्छ।’लकडाउन अवधिमा चोरी तस्करी नियन्त्रण तथा अतिक्रमण भएको वनको जग्गा संरक्षण गरी सो क्षेत्रमा वृक्षारोपण गर्न उनको नेतृत्वले ठूलो भूमिका निर्वाह गरेको थियो। लकडाउनमा वनको जग्गा जोगाउन धेरै समस्या मुस्किल भएको कटवाल बताउँछन्।

    ‘अतिक्रमण क्षेत्रमा वृक्षारोपण गर्दा गत वर्ष ठूलो अवरोध आयो, कतिपय ठाउँमा त दोहोरो झडपको स्थिति नै भयो तैपनि हामीले स्थानीयसँग वनको जग्गा खोसेर वृक्षारोपण गर्‍यौँ,’ उनले भने, ‘यो वर्ष पनि त्यस्तै अवस्था भयो। २०५८ सालदेखि अतिक्रमण भएको जग्गामा वृक्षारोपण गर्न हामी सफल भयौँ।’बाराको अमलेखगञ्ज, चकरी, कोहल्वीको मधुवन, बोधवन र निजगढ नगरपालिकाभित्र वनको सयौं बिगाहा जग्गा अतिक्रमण गरी स्थानीयहरूले घरटहरा बनाएर खेतीपाती गरी भोगचलन गरिरहेका छन्। विगत २ वर्षमा डिभिजन वन कार्यालय बाराले अतिक्रमणमा परेको करिब ४०० हेक्टर वनको जग्गा संरक्षण गरी वृक्षारोपण गरेको छ।डिभिजन वन अधिकृत मञ्जुर अहमदले वन संरक्षणमा उल्लेख्य काम गरेको भन्दै वन कार्यालय र प्रदेशको वन निर्देशनालय कटुवालको नाम सिफारिस गरेर पठाएको बताए।

    ‘उहाँले डिभिजनमा बसेपनि प्रत्येक सव डिभिजनमा, कहाँ कर्मचारी छ/छैन, गस्तीमा को जाने? कहाँ खटाउने मिलाउने जिम्मेवारी सम्हालिरहनु भएको छ, उहाँ आफैँ पनि प्रत्येक रात गस्तीमा जानुहुन्छ,’ जम्मदार कटुवालको कार्यशैलीबारे वन अधिकृत अहमदले भने, ‘कटवाल यो पुरस्कार पाउनैपर्ने मान्छे हो, उहाँले म सरकारी कर्मचारी हुँ भनेर कहिल्यै भन्नुभएन, जंगल संरक्षणमा चासो दिएर जिम्मेवार भएर खटिइरहनु भएको छ।’

    कटवालकै नेतृत्वमा बारामा जंगल संरक्षणमा ५० प्रतिशत उपलब्धि हासिल भएको वन अधिकृत अहमदले जनाएका छन्। ‘चोरी तस्करी नियन्त्रण, जंगल जोगाउन आधाभन्दा बढी काम उहाँ एक्लै गर्नुभएको छ, विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतसहित केही कर्मचारीमाथि कारबाही र तथा वन विभागले दुई दर्जन कर्मचारीलाई एकैपटक सरुवा गरेपछि बारामा वनका कर्मचारी नै भागाभाग भएर लथालिङ्ग अवस्थामा थियो। तर, पछिल्लो समय कर्मचारी अनुशासनदेखि चोरीतस्करी नियन्त्रणका ठूलो उपलब्धि हासिल भएको छ।’कर्मचारीलाई काम खटाउने, फिल्डको को जाने? कुन दिन कुन गाडी पठाउने? कुन नाकामा कुर्ने लगायतका कामहरू अहिले नियमित रुपमा भइरहेको अहमदले बताए।

    बाराका डिभिजन प्रमुख पनि सम्मानित

    देशभरका डिभिजन वन कार्यालयमध्ये बाराको वन कार्यालय उत्कृष्ट भएको छ। ७७ जिल्ला मध्येबाट बाराको वन कार्यालयको तर्फबाट वन अधिकृत प्रमुख मञ्जुर अहमद सम्मानित भएका हुन्।
    सोमबार वन तथा वातावरण मन्त्रालय सचिव डा. प्रेम नारायण कँडेलले अहमदलाई सम्मानित गरेका हुन्।‘देशभरका वन कार्यालयबाट भएका कामको मूल्यांकन गर्दा हामीले धेरै काम गरेका आधारमा सम्मानित भएको हौँ,’ अहमदले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑