• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसिडपीडित आरतीको प्रश्न : मेरो ज्यान लिन खोज्नेहरूलाई किन सफाइ दिइयो?

  • वीरगंज संजाल
  • २७ श्रावण २०७८, बुधबार ०८:०१
  • २०८९

    जनकपुरधाम | धनुषाकी एसिड पीडित आरती साहले सोमबार जिल्ला अदालत धनुषाले गरेको फैसलाप्रति आक्रोश व्यक्त गरेकी छन्।आरतीले प्रश्न गरिन्, ‘मेरो ज्यान जाने गरी तथा मलाई कुरूप बनाउने र बिनालाइसेन्स एसिड बेच्ने व्यापारीलाई किन सफाइ?’ बिनालाइसेन्सको एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई अदालतले कसरी सफाइ दियो?’आफूलाई जिउनु न मर्नुको अवस्थामा पर्‍याउने दोषी आफ्नो श्रीमान सञ्जिव साहसँगै बिनालाइसेन्स एसिड कारोबार गर्ने व्यापारी नागेन्द्र साह पनि भएका उनको भनाइ थियो।

    ‘आरतीले यही भाषामा मलाई फोन गरी जानकारी दिइन्, मैले केही जवाफ दिन सकिनँ‍,’ महिला अधिकारकर्मी गुञ्जा रायले वीरगंज संजालसँग आरतीले फोनमा गरेकी अदालतप्रतिको गुनासोबारे बताइन्।अधिकारकर्मी रायले भनिन्, ‘अवस्था साँची नै जटिल र भयावह बन्दै गएको छ, यसरी नै अपराधीले सफाइ पाउँदै जाने हो भने हजारौं आरतीले यो दुर्दशाबाट गुज्रिन बाध्य हुनेछन्।’सोमबार जिल्ला अदालत धनुषाले जनकपुरकी आरती साहमाथि एसिड आक्रमण गर्ने उनका श्रीमान् सन्जिव साहलाई दोषी ठहर गरेको थियो। तर बिनाअनुमति अनाधिकृत रूपमा एसिड बेच्ने किराना पसल सञ्चालक नागेन्द्र साहलाई भने सफाइ दिएको थियो। न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो।​

    सञ्जिवले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्थानीय नागेन्द्र साहले सञ्चालन गरेको निखिल स्टोर्स किराना पसलबाट एसिड खरिद गरेका र नागेन्द्रले उनलाई बिक्री गरेको भनी दुवै जनाले बयान दिएका थिए।लाइसेन्स र अनुमतिबिनै गैरकानुनी ढंगले नागेन्द्रले एसिड भण्डारण तथा बेचबिखन गरेको प्रहरी अनुसन्धानमा पाइएको थियो। छापा मार्दा उनको पसलबाट बियरको बोतलमा राखेर कार्टुनमा प्याक गरिएको ४८ बोतल र खोलिएको काटुर्नबाट १० वटा गरी ५८ बोतलमा साढे ४३ लिटर एसिड बरामद भएको थियो।

    सरकारले अध्यादेशमार्फत फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्दै एसिड आक्रमणविरुद्ध कडा कानुन ल्याएपछि सम्भवतः एसिड आक्रमणसम्बन्धी भएको यो पहिलो फैसला हो।सरकारीसहित वादी र प्रतिवादी दुवै तर्फका वकिलहरूको प्रतिवेदन माग गरिएको र प्रतिवेदनमाथि बहसपश्चात् सजाय तोकिने धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगा मिश्रले जानकारी दिए।
    पीडित आरतीका भाइ सञ्जय साहले दिएको जाहेरीको आधारमा गत मंसिर ४ गते जनकपुरधाम उपमहानगरपालिका–२० बस्ने श्रीमान् सञ्जिव साहलाई पक्राउ गरेको थियो।सञ्जयले घटनामा मतियार बनेको भन्दै जनकपुरधाम उपमहानगरपालिका–४का नागेन्द्र साह विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।​ साहद्वयमाथि रसायनिक पदार्थ एसिड प्रहार गरी ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दा दर्ता भएको थियो।

    सो मुद्दामा सोमबार सरकारी वकिलको कार्यालयबाट जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल, जाहेरीवालाको तर्फबाट रिंकुकुमारी यादव र अच्युतम आचार्यले बहस गरेका थिए। त्यस्तै प्रतिवादी नागेन्द्रको तर्फबाट अधिवक्ता सुदीप कोइराला र सञ्जिवको तर्फबाट अरूणकुमार यादवले बहस गरेका थिए।गत कात्तिक २९ गते दिपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जिवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए।श्रीमान‍्ले एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकी काठमाडौं ल्याएर उपचार गरिएको थियो। आरतीको शरीरको २५ प्रतिशत भाग जलेको थियो। एसिडले आरतीको अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको थियो। छोरी रियाको भने जनकपुरको जानकी हेल्थ केयरमा उपचारपछि डिस्चार्ज गरिएको थियो।

    आरतीमाथि एसिड प्रहार गरेकै दिन सञ्जिव पक्राउ परेका थिए भने सञ्जिवको बयानको आधारमा एसिड बेच्नेलाई एक हप्तापछि पक्राउ गरिएको थियो।घटनापश्चात् सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जिव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिना सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए।दुवैविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ वटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो। अंगभंगमा ५ वर्ष, कुरूप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको थियो।यस मुद्दामा यसअघि ६ वटा पेसी भए पनि विभिन्न कारण स्थगित गरिएको थियो। जिल्ला अदालत धनुषाका सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानुन व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सञ्जिवलाई सजायका लागि पेसी हुने बताए।

    अदालतले दोषी ठहर गरिसकेपछि अब अर्काे पेसीमा सजाय तोकिने सूचना अधिकारी मिश्रले जानकारी दिए। ‘सजायको सन्दर्भमा सरकारी वकिलबाट प्रतिवेदन माग गरिएको छ’, उनले भने, ‘त्यो पेस भएपछि सजाय तोकिनेछ।’४ वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी सञ्जिवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो।एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायत शरीरका आधी अंग जलेको छ। एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ।घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरतीमाथि सञ्जिवले एसिड प्रहार गरेका आरतीकी आमा सुनिता देवीले बताइन्। तरकारी बेचेर गुजारा चलाउँदै आएकी आरती र सञ्जीवबीच पाँच वर्षअघि विवाह भएको थियो। बिहेको दुई वर्षपछि उनीहरू छुट्टाछुट्टै डेरा लिएर बस्दै आएका थिए। सम्पत्ति लेनदेनका विषयमा दुईजनाबीच झगडा हुँदै आएको थियो।

    धनुषा जिल्ला अदालतमा उनीहरूबीचको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा छ। सञ्जिव सुनचाँदी बनाउने कालीगढ हुन् भने श्रीमानसँग छुट्टिएर बस्दै आएकी आरती बुवासँगै मिलेर बजारमा तरकारी व्यापार गर्दै आएकी थिइन्।केही वर्षअघि पनि सञ्जिवले मट्टीतेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए। श्रीमान् सञ्जिव साहलाई जिल्ला अदालतले एसिड प्रहार गर्दै ज्यान मार्ने अभिप्राय लिएको भन्दै दोषी ठहर गरेको हो।सम्पत्तिको कुरा नमिलाएको भन्दै उनले अलग बसेकी श्रीमतीलाई डेरामा पुगेर एसिड प्रहार गर्नु अक्षम्य अपराध भएको जिल्ला अदालतको फैसलामा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑