• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको हो ?

  • वीरगंज संजाल
  • २६ श्रावण २०७८, मंगलवार ०६:५६
  • १९४५

    वीरगन्ज । साउन २४ गते आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तथ्यांकमा २४ घण्टामा ५५ जना कोभिड संक्रमितको मृत्यु भएको तथ्यांक सार्वजनिक गर्यो । दैनिक मृत्युको यो संख्या साउनयताकै सबैभन्दा बढी हो । नेपालमा साउनयता कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक ४० भन्दा माथि छैन ।

    मन्त्रालयको तथ्यांकअनुसार साउन १ देखि २४ गतेसम्म नेपालमा कोभिड संक्रमणबाट ६३० जनाको मृत्यु भएको छ भने जम्मा मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । सोही अवधिमा  ५२ हजार ३०७ जना नयाँ संक्रमित थपिँदा ४२ हजार ८३१ जना संक्रमणमुक्त भएका छन् । कोभिड संक्रमणबाट हालसम्म सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४ हजार २९७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

    त्यस्तै दोस्रो नम्बरमा लुम्बीनी प्रदेशमा १ हजार ६२७, तेस्रोमा प्रदेश १ मा १ हजार ४३०, चौथोमा गण्डकी प्रदेश १ हजार ११५, पाँचौंमा प्रदेश २ मा ७४७, छैटौंमा सुदूरपश्चिम प्रदेश ४४७ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४३० जनाको मृत्यु भएको छ । कोभिड संक्रमणबाट अहिलेसम्म मृत्यु भएकामध्ये सबैभन्दा बढी ६० वर्षमाथिका ५ हजार ४१३ जना रहेका छन् ।

    त्यसैगरी ५० देखि ५९ उमेर समूहका १ हजार ९८६, ४० देखि ४९ का १ हजार ४४९, ३० देखि ३९ का ८३३, २० देखि २९ का ३१०, १० देखि १९ का ५०, ९ वर्षमुनिका बालबालिका ४५ र उमेर नखुलेका ७ जना रहेको मन्त्रालयको तथ्यांक रहेको छ । साउन २४ गते आएको ५५ जना मृतकको संख्या भने पछिल्लो चौबीस घण्टाको मात्र नभइ सीसीएमसीबाट विभिन्न समयमा प्राप्त भएको विभिन्न दिनको छुटेको तथ्यांकसमेत जोडेर सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑