बिरगंज ।कृष्णा कुशवाहा। सरकारले संविधान बमोजिम स्वतन्त्र र स्वायत्त रहेका स्थानीय तहलाई प्रदेशको मातहत ल्याउने भएको सरकारको निर्णयप्रति छिपहरमाई गाउँपालिका प्रमुख तथा पर्सा जिल्लाको पालिका अध्यक्ष मनोज कुमार गुप्ताले आपति जनाएका छन्।
कांग्रेस महामन्त्री पूर्णवहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने विषय समेटिएको छ ।तर प्रदेश सरकार आफैमा असफल सरकार रहेको त्यो जनता समक्ष जग जाहिर नै छ, ता पनि देश भरिका ७५३ वटै स्थानिय तहलाई प्रदेश सरकार मातहतमा राख्ने सरकारले गठन गरेको समिति प्रति प्रमुख गुप्ताले आपत्ति प्रकट गर्नु भएको छ।