वीरगञ्ज । जिल्ला कबड्डी संघ पर्साका पाँचौ साधारण सभा शनिवार सम्पन्न भएको छ ।संघका पर्सा अध्यक्ष आकाश पटेलको सभापतित्वमा सम्पन्न साधारण सभाले पटेलकै अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटि पुर्न गठन गरेको छ । नव गठित समितीको उपाध्यक्षमा सुभाष राम, सचिवमा बिजित सोनी, सह सचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा राजेश कुमार यादव, सदस्यहरुमा रंजित चौरसिया,रणु दास, श्रुति गौरो, ऋतिका चौधरी, बिद्या सागर पटेल, अरमान अली, महेश पटेल, अवधेश पटेल, राजन कुमार सिंह, र दिनेश पटेल रहेका छन ।
वीरगञ्जस्थित नारायणी रंगशालामा भएको साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले संघले नया खेलाडीहरुलाई प्रोत्साहन गर्नुका साथै कबड्डी खेललाई बढावा दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा संघका अध्यक्ष पटेलले नै स्वागत मन्तव्यमार्फत अतिथीहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको सहजिकरण बिजित सन्नीले गरेका थिए ।