वीरगन्ज ।मेरिकाको शिकागोमा बस्ने जेमी किटन नामक व्यक्तिसँग अद्भुत क्षमता छ । उनको शरीरमा जे कुरा पनि चिपिक्क टाँसिन पुग्छ ।
आफ्नो अनौठो क्षमताका कारण यी व्यक्ति समाजसेवा पनि गर्छन् । टाउकोमा पानकिो बोतल टाँसेर हात नलगाइकनै यिनले मानिसलाई पानी पिलाउँछन् । शरीरमा सामान टाँसिने भएकाले यिनको नामै क्यानहेड छ ।
हातगोडा तथा शिरमा मजाले बोतल र क्यान टाँस्न सक्ने क्षमता भएका जेमीसँग फोटो खिँचाउन मानिसहरू तँछाडमछाड गर्छन् ।
खासमा यिनीसँग अद्भुत शक्ति हैन, यिनको रोगको कारण यसो भइरहेको हो ।
विशेषज्ञहरूका अनुसार जेमीको शरीरको तापक्रम औसत व्यक्तिको भन्दा धेरै छ । यही कारणले गर्दा उनको छालाले कुनै पनि कुरालाई सजिलै टाँस्छ ।
आफ्नो असाधारण क्षमताका कारण जेमीले गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा पनि नाम लेखाएका छन् ।
जेमीलाई सात वर्षको उमेरदेखि आफ्नो क्षमताका बारेमा थाहा लागेको हो । त्यतिखेर उनको शरीरमा खेलौनाहरू टाँसिन्थे ।
जेमीले आफ्नो क्षमताको प्रयोग गरेर दिनमै पन्ध्र सय डलरसम्मा कमाउने गरेका छन् । गत वर्ष आफ्नो टाउकोमा सबभन्दा धेरै बोतल राखेर उनले गिनिज बूकमा नाम लेखाएका हुन् ।
एजेन्सी