घुम्नका लागि मानिसहरू सुन्दर ठाउँ जान मन गर्छन् । अनि रोमाञ्चप्रेमीहरू खतरनाक ठाउँमा घुम्न मन पराउँछन् । संसारमा सुन्दर अनि खतरनाक ठाउँहरू छन् । यहाँ हामी त्यस्ता ठाउँका बारेमा बताउँदैछौं ।
रोयल पाथ, स्पेन
संसारको सबभन्दा खतरनाक ठाउँमध्ये एक स्पेनको यो रोयल पाथ हेर्नका लागि मानिसहरू टाढाटाढाबाट आउँछन् । यो खतरनाक बाटो ३०० देखि ९०० फीटको उचाइमा छ र यसको लम्बाइ १.८ मिटर अनि चौडाइ तीन फीट छ । रोमाञ्चका कारण पर्यटकहरूमाझ यो ठाउँ प्रसिद्ध छ ।
स्नेक आइल्यान्ड, ब्राजिल
ब्राजिलको इलहा डी क्विमाडा ग्रान्डलाई स्नेक आइल्यान्ड भनी चिनिन्छ । यहाँ अनेकथरीका साँप पाइन्छन् । त्यहाँको हरेक वर्गमिटरमा पाँच सर्प छन् । तैपनि पर्यटकहरू खतरा उठाएर त्यहाँ पुग्छन् ।
हुयना पिचु
पेरुको यो प्राचीन शहरको दृश्य पर्वतको शिखरबाट देखिन्छ । पर्वत शिखर पुग्नका लागि अप्ठ्यारो बाटो भएर जानुपर्छ जसले पर्यटकलाई रोमाञ्च दिन्छ ।
साइप्रस क्रीक
गाडी चलाउने शोख छ भने साइप्रस क्रीकमा रहेको जेकब्स वेल तपाईंका लागि उत्तम गन्तव्य हो । यो संसारकै खतरनाक इनार हो । यसको मुख लगभग चार मिटर चौडा र गहिराइ १० मिटर छ । त्यसमा तैरिनेहरूले पानीभित्र ४० मिटरसम्म गुफाहरू देख्न पाउँछन् ।
माउन्ट मेरापी ज्वालामुखी, इन्डोनेसिया
इन्डोनेसियाको ज्वालामुखीमा विस्फोटविना नै धूवाँ निस्किरहन्छ । सन् १५४८ देखि यो ज्वालामुखी लगातार सक्रिय छ । यसबाट निस्कने धूवाँ आकाशमा दुई मिल माथिसम्म देखिन्छ । यसको नजिकको क्षेत्रमा लगभग दुई लाख मानिस बस्छन् ।
एजेन्सी