बिरगंज।कृष्णा कुशवाहा। पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा फर्जी विलको भुक्तानी गर्न नमान्दा लेखा अधिकृतको सरुवा गराइएको छ। नगरपालिकामा कार्यरत लेखा अधिकृत राम कुशवाहाले १ करोड ५० लाख बराबरको फर्जी बिलको भुक्तानी गर्न रोक लगाउँदा उनको सरुवा गरिएको छ । आर्थिक वर्षको मसान्त सकिएसँगै विभिन्न शीर्षकमा पेश गरिएको फर्जी बिलको भुक्तानी गर्न नमानेपछि लेखा अधिकृत कुशवाहालाई नगरपालिकामा हाजिर गर्न नदिई काठमाडौंमा हाजिर हुने गरी फिर्ता पठाइएको थियो।
गत असार मसान्तमा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको फर्जी बिल बनाएर चेक काट्न दबाब दिइएकोमा भुक्तानीमा रोक लगाएपछि नगरपालिकाले काज फिर्ता पठाएको बताइएको छ । गत आर्थिक वर्षमा सामुदायिक विद्यालयहरूमा २० लाख रुपैयाँको सफ्टवेयर जडान गर्ने योजना रहेको र उक्त विद्यालयमा केही कामै नगरी भुक्तानीका लागि बिल पेस गरिएको थियो ।यसैगरि व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन नै नगरी १२ लाख रुपैयाँको बिल पेश गरिएको थियो ।
उक्त शिविर सञ्चालन नैगरी शिविर निरीक्षण बापत नगरप्रमुख लोकनारायण यादवको १० हजारको अनुगमन भताको खर्चको बिल पेश गरिएको थियो। कोरोनाको दोश्रो लहरको क्रममा नगरपालिकाले सञ्चालन गरेको मिनी आइसोलेशन र खाजा नास्ता खर्च वापत भनेर १० लाख भन्दा बढीको फर्जी बिल पेश गरेको पाएपछि लेका अधिकृत कुशवाहाले भुक्तानीमा रोक लगाएका थिए ।एक कन्सल्टेन्सीसँग पाँचौं नगरसभामा विनियोजन विधेयक प्रस्तुत गर्न लगाई ५ लाख रुपैयाँको बिल पेस गरिएको थियो ।
यस्ता विभिन्न किसिमका फर्जी बिल पेश गरेर भुक्तानी गर्न दबाब दिदा लेखापाल कुशवाहाले नमानेपछि उनको सरुवा गरिएको थियो।अर्कोतर्फ असारमै निकालिएको १ करोडको कोटेसन गोप्य राखी बाराको एक फर्मसँगको मिलेमतोमा बीउबिजन, धारा, अर्गानिक मल, मोटर, ह्युमपाइप खरिद गरेको भन्दै बिल प्रस्तुत गरिएको थियो । उक्त भुक्तानी समेत लेखा अधिकृतले रोकेको थियो । धारा नै खरिद नगरी ३० लाख रुपैयाँको बिल बनाएर ल्याइएको थियो ।
यता नगरपालिकाका नगर प्रमुख लोकनारायण यादवले पत्रकार सम्मेलन गरि नगरपालिकालाई बदनाम गर्न नगरवासी समक्ष भ्रम सिर्जना गर्ने विपक्षीले राजनीतिक स्वार्थ सिद्ध गर्न खोजेको आरोप लगाएका छन् । फर्जी बिल पेश भएको भन्ने कुरा नै गलत रहेको भन्दै फर्जी बिल एउटा पनि पेश नभएको उनको दाबी छ । तर उनको दावी नै निराधार रहेको नगरपालिकामा पेश गरिएको फर्जी बिल नै प्रमाण देखाउँदै छ।
जनताका आधारभुत काम भन्दा पनि कर्मचारी र जन प्रतिनिधीहरुको गोजस्वमा जाने गरी धमाधम बिकास निर्माणको बाहाना बनाएर समाजिक बिकासको नाममा एकै दिन एकै स्थानमा बिभिन्न समाजिक संस्थाको ब्यानर टांग्दै यौटै कार्यक्रममा सहभागि ब्यक्तिहरुलाई अलग अलग कार्यक्रम भन्दै हस्ताक्षर गरेर रकम ब्रम्हलुट मच्चाउने गरिएको तथ्य बाहिरिएपछि नगरपालिकाका कसुरदारहरु नाँगेझार बन्ने भएका छन् ।अझै बेमौसममा आर्थिक बर्ष शुरु हुनै लाग्दा उपभोक्तालाई दिनुपर्ने तालिमको नौटंकी सृजना गरी त्यहाँ पनि ५ लाख खर्च देखाइएको छ ।
अनियमितता र भ्रष्टाचारको सिलसिला यतिकैमा कहाँ रोकिनु र मासिक रुपमा मेयर लोकनारायण यादवले आफ्नो निकटष्थ नातेदारहरुलाई ऐन कानून बिपरित बोर्डबाट पारित नै नगराई लाखौं आर्थिक सहयोग बाँडेका छन् भने कसैलाई थाहै नदिएर अस्ती १७ गते अज्ञात स्थानमा बन्द कोठामा कागजी सार्वजानीक सुनवाई गरेको नाममा ५ लाख रुपैयाँ जनताको जीवनस्तर सुधार्ने रकम लुटिएको छ।
अझ त्यतिले नगरपालिका अधिकृत यादव र मेयर साहबलाई कहाँ पुग्यो र ओबिसी कार्यक्रममा ५ लाख र ४५ जना जेष्ट नागरिकलाई प्रति ब्यक्ति १ सय रुपैयाँको फलफूल बितरणमा ४५ सयको बिल बन्नुपर्नेमा ५ लाख रुपैयााको बिल पेश गर्न लगाइयो ।यती मात्र होईन अधिकृत यादव अख्तियारबाट मुदा झेलेर आएका छन।मेयर लोकनारायण यादव र अधिकृत भरत प्रसाद यादव नातेदार हुन।