बारा । बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरु सन्चालनमा आएका छन् । मंगलबार भएकाे निर्णय अनुसार बुधबार देखि पालिका अन्तर्गतका विद्यालयहरू सञ्चालनमा आएका हुन् ।
बाराका सिम्रौनगढको सामुदायिक विद्यालयहरु सन्चालनमा आएतापनी पर्सामा कहिले देखि खुलने कुनै किसिम को सूचना आएको छैन | कोभिड संक्रमण र निषेधाज्ञाका कारण करिब ३ महिना देखि बन्द रहेका विद्यालयहरु बल्ल सन्चालनमा आएकाे हुन् ।
काेभिड विरूद्धकाे स्वास्थ्य सावधानीहरूकाे पालना गर्दै विद्यालयहरू सञ्चालन गरिएकाे नगरपालिकाका शिक्षा संयोजक नुराजम सिद्धकीले जानकारी दिए ।अनलाइन शिक्षाकाे पहुँचमा विद्यार्थीहरू आउन नसकेकाे भन्दै विद्यालय सञ्चालनकाे निर्णय गरिएकाे बुझिएकाे हाे ।