बिरगंज। आजको समयमा कतै नचिनेको ठाउँमा जानुपर्यो भने धेरैजसो हामी गुगल म्यापको नै सहयोग लिने गर्छौं ।गुगल म्यापले हाम्रो गन्तव्यमा पुग्न मात्र मद्दत गर्दैन, यसले पुग्ने समय पनि बताइदिन्छ । तर के तपाईंलाई थाहा छ गुगल म्यापले तपाईं भएको स्थान र तपाईंको पुग्ने स्थानबीचको दुरी पनि मापन गर्छ ?
हिँडेर जाने दुरी होस् वा गाडीमा जाने, तपाईंलाई आफ्नो गन्तव्यसम्म पुग्न कुन माध्यम, कुन बाटो र कति दुरी हुन्छ भनेर गुगल म्यापले सहजै बताइदिन्छ ।
डेस्कटपमा दुरी कसरी मापन गर्ने ?
गुगल म्याप ओपन गर्नुहाेस् । यसपछि बाँयातर्फ Direction Symbol मा क्लिक गर्नुहाेस् ।
त्यसपछि तपाईंको आफ्नो Starting Point र Desitnation छनौट गर्नुहोस् ।
गन्तव्य छनौट भइसकेपछि आफू रहेको लोकेसनमा राइट क्लिक गरेर पपअप भएको बक्सको अन्तिममा लेखिएको ‘Measure Distance’ मा क्लिक गर्नुहाेस् ।
त्यसपछि एउटा कालो सिधा धर्को देख्नुहुनेछ, जसले तपाईंको लोकेसनदेखि आफू पुग्ने लोकेसन सम्मको दुरी देख्न सक्नुहुनेछ । उक्त कालो चिन्ह तपाईंले आफू हिँड्ने रुट अनुसार लेफ्ट क्लिक गरेर ड्रयाग गर्दै आफ्नो लोकेसनको दुरी पत्ता लगाउन सक्नुहुन्छ ।
सो चिन्हलाई हटाउन तपाईंले पुनः लोकेसनमा क्लिक गर्न सक्नुहुन्छ अथवा मेजरमेन्ट देखाइएको बक्समा भएको ‘X’ चिन्हमा क्लिक गर्न सक्नुहुन्छ ।
मोबाइलमा कसरी नाप्ने दुरी
गुगल म्याप ओपन गर्नुहोस र आफ्नो स्टार्टिङ पोइन्टमा रातो चिन्ह नआएसम्म क्लिक गर्नुहोस् ।
स्क्रिनको तल्लो पट्टि आउने लोकेसनको नाममा क्लिक गर्नुहोस् ।
त्यसपछि मेजर डिस्ट्यान्स भन्ने अप्सनमा क्लिक गर्नुहोस् र त्यहाँ आउने कालो घेराले घेरेको सेतो थोप्लालाई आफू जाने गन्तव्यमा ड्रयाग गर्नुहोस् ।
आफू अनुकलको बाटोमा ड्रयाग गर्नको लागि आफ्नो बाटो छान्दै स्क्रिनको दाहिनेतिर तलपट्टि भएको निलो प्लस चिन्हमा क्लिक गर्नुहोस् । यसरी तपाईंले आफ्नो रुट सेट गर्न सक्नुहुनेछ । यसको साथै स्क्रिनको तल तपाईंको दुरी देख्न सकिन्छ ।
नोट: यदि तपाईंको मोबाइलको गुगल म्यापमा ‘मेजर डिस्ट्यान्स’ भन्ने अप्सन देखाएन भने प्ले स्टोर अथवा एप स्टोरमा गएर एपलाई अपडेट गरी पुन: ओपन गर्नुहोस् । त्यसपछि तपाईंको म्यापमा माथि उल्लेखित टिप्स फलो गरेर लोकेसनको दुरी मापन गर्नसक्नुहुन्छ ।