• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युवकमाथि कुटपिट गर्ने वडाअध्यक्ष भन्छन्-‘मेरो भतिजो पर्छ, रक्सी खुवाएर धाँधली गर्न पठाएछन्’

  • वीरगंज संजाल
  • २० श्रावण २०७८, बुधबार ००:२०
  • ४७४१

    जाजरकोट | जाजरकोटको जुनचाँदे गाउँपालिका वडा नम्बर २ मा भएको कुटपिटको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।  भिडियोको दृश्यमा गाउँपालिका–२ का अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेको देखिन्छ । वडाध्यक्ष नेपालीले कुटपिट गरेको उक्त भिडियोमा कुटाइ खाने स्थानीय प्रेम दमाई हुन्।

    उक्त घटना गत साउन १५ गते दिउँसोको हो । गाउँपालिकाले उक्त दिन वितरण गर्न लागेको सामाजिक सुरक्षा भत्ता वितरणको विषयमा लफडा भएको थियो । तर, भिडियो सामाजिक सञ्जालमा आज भाइरल भएको छ। भिडियो भाइरल भएपछि यतिबेला वडाध्यक्षको नेपालीको चर्को आलोचना भइरहेको छ।

    उक्त घटनाबारे बुझ्न हामीले हामीले वडाध्यक्ष नेपाली कुरा गर्दा उनले भिडियो तोडमोड गरेर विरोधीहरुले भाइरल गराएको बताएका छन् । कुटिएका भनिएका प्रेम दमाई आफ्नै भतिजो पर्ने वडा अध्यक्ष नेपालीले जानकारी दिए ।

    सामाजिक सुरक्षा भत्ता वितरणको दिन रक्सी खाएर आएर प्रेमले लफडा गरेको उनले बताएका छन् । भत्ता लिन र विवरण नवीकरण गर्न आउनेमाथि प्रेमले ढुंगा हानेको र आफूलाई समेत ढुंगाले हानेको रामबहादुरको भनाइ छ । उनका अनुसार त्यसदिन प्रेमले आफ्ना बाबु, आमालाई समेत कुटपिट गरेका थिए।

     

    आफ्ना विरोधीहरुले रक्सी खुवाएर लफडा(उनले यसलाई धाँधली भने) गर्न पठाएको आरोप वडा अध्यक्ष नेपालीको छ। प्रेमले छोराका लागि आएको पोषणको रकम माग्दा कुटपिट भएको भनी प्रचार गरिए पनि उनको बिहे नै नभएको नेपालीले बताएका छन्।

    घटनाबारे नेपाली यसो भन्छन् :-

    यो कुरा १५ गतेको हो । यो कसले भिडियो गरेको रहेछ, यस्ता कुरा सामाजिक सञ्जालमा आएपछि जसलाई पनि कौतुहलता लाग्छ । १५ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम थियो । बालबालिका, एकल महिला, जेष्ठ नागरिक, अपांगता भएकासहित २ ढाइसय मान्छे भत्ता बुझ्ने र नवीकरण गर्नेक्रममा वडा कार्यालयमा भेला थिए । 

    अनि त्यो भेलामा एकजनामा मान्छे ऊ मेरै दाइको छोरा पर्छ । मेरो भतिजो, त्यसलाई मेरा विरोधीहरुले रक्सी खुवाएर पठाएको रैछ । वडा कार्यालयमा पूरै ढुंगा प्रहार गर्यो त्यसले । अपांग, जेष्ठ नागरिकहरु, महिला, बुढाबुढी मान्छे भएको ठाउँमा ढुंगा प्रहार गरिसकेपछि सबै भागाभाग गरे । भागाभाग गरिसकेपछि यस्तो किन भयो भनेर म  वडा कार्यालयबाट बाहिर निस्केँ । यो धाँधली किन भयो भनेर गइसकेपछि सारा मान्छे पूरै दौडिरहेका थिए ।

     त्यसले ढुंगा प्रहार गर्दै जे मन लाग्यो त्यही बोलिरहेको थियो। यस्तो किन गरिस् केटा ? भनेर मैले भनिसकेपछि मलाई नै उल्टै ढुंगा हान्यो । अनि हानिसकेपछि मेरो कन्जुरामा लाग्यो एउटा ढुंगा । त्यसपछि मैले हात समातेर ८-१० वटा ढुंगा हातबाट फुत्काउँदै फाल्दै गरेँ । 

    भिडियो खिच्ने मान्छेले कसले खिच्यो त्यो कुरा त पत्ता लगाइसकें मैले । त्यसले बीच–बीचको भिडियो खिचेछ । बाँकी जो कुरा त्यसले भनेको कुराहरु खिचेनछ। 

    मैले सारा ढुंगा फाल्दै गरेँ, फाल्दै गरेँ, फाल्दै गरेँ । अब ढुंगा नफाल्ने हो भने कुनै घटना घट्न सक्छ मान्छेलाई । त्यहाँ त बालबालिका छन्, महिला छन्, वृद्ध छन्, अपाङ्ग छन् । नवीकरण गर्न, भत्ता बुझ्न, त्यसपछि भत्ता नवीकरण गर्न आएका टोलीहरु छन् । अब तिनीहरुलाई लागिदियो वा घटना घटिदियो भने के गर्ने ? भनिसकेपछि त्यसलाई मैले समातेँ । अनि जुन ढुंगा हान्दै छ त्यसलाई फाल्दै गरेँ। 

    पछि चाँही मैले जिल्ला प्रहरी कार्यालयको डिएसपीलाई कल गरेँ–‘सर एउटा मान्छेलाई यसरी रक्सी खुवाएर पठाएछन् । यहाँ धाँधली गरिराको छन् । अनि त्यो मान्छेलाई के गर्ने हो सर ?’ भनेँ। 

    त्यसपछि उहाँले पुलिस पठाइदिन्छु भनेपछि पुलिसको टोली हिँड्यो । पुलिस आउने समय डेढ दुई घन्टा लाग्ने भएपछि त्यो मान्छेलाई छाड्ने हो भने फेरि ढुंगा प्रहार गर्ने भयो । अनि त्यसले नराम्रो अपशब्दहरु प्रयोग गरिरहेको थियो । त्यसलाई समातेर एउटा कोठामा हुलियो।

    कोठामा हुलिसकेपछि प्रहरी टोली पुग्यो । प्रहरी टोली पुगिसकेपछि प्रहरीले पछि त्यसलाई नियन्त्रणमा लियो । त्यसलाई चाँही मुद्दै दर्ता गर्ने भन्ने कुरा गरिरहेको थियो टोलीले । मैले एकचोटी चान्स दिनु पर्यो, त्यसलाई छुट दिनपर्यो भनेँ । 

    सच्चियो भने राम्रो भनेर त्यसलाई कागज गराएँ । म अबदेखि भाँगो, धतुरो, खाँदिन, जुवातास पनि खेल्दिँन, रक्सी पनि खाँदिन, म यस्तो गल्ती काम गदिँन, बिहेवारी गरेर जिम्मेवारी हुन्छु भनेर भन्यो । त्यसपछि त्यसलाई छुट गराएर घरमा पठाइयो । 

    आमाबुबालाई समेत पहिला कुटेछ, आमाबुबा सहित रोहवरमा यसले हामीलाई कुट्यो, बाबुलाई कुटेर घरमा पर्या छन् । यहाँ आएर धाँधली गरिराछ, अध्यक्ष ज्यु कानुन छ, तपाईंले यसलाई नियन्त्रणमा लिएर यसलाई बाँध्नपर्यो भन्नुभयो ।  मलाई आमाबुबाले नै सुम्पिएका थिए । मैले ल्याएर कोठामा हुलेँ । पछिचाँही कागज गरेर टोलीले त्यसलाई छोडियो । 

    बीचबीचमा कुराहरु हालेर मलाई नै गलत गर्न खोजेका हुन । यसलाई कसरी डाउन गर्न सकिन्छ, यो दलितले अहिलेसम्म केही गर्न नपाउने भनेर हेपिएको कुरा हो । ऊ पनि मेरै कास्टको मान्छे हो । मैले सम्झाइ–बुझाइ गरेपछि अब म सच्चिन्छु भन्यो ।

    अब सामाजिक सञ्जालमा दुनियाँदार कुराहरु आएका छन् । भिडियोमा हेर्दाखेरी त वडाध्यक्षले साँच्चै कुटेको रहेछ भन्ने लाग्ला तर, भिडियो बीचबीचमा काटेर त्यो गरेको रहेछ । त्यो मान्छे फरक मान्छे हो । मलाई सिध्याउनपर्छ, डाउन गर्नपर्छ भन्ने मान्छे हो । यथार्थ कुरा यही हो, यदि नियन्त्रणमा नलिएको भए घटना घट्ने अवस्था थियो । 

    त्यो मान्छेलाई नसा प्रयोग गरेर पठाएको देखियो । अब सामाजिक सुरक्षा भत्ता, बालबालिका पोषण भत्ता त आमाबुबाले बुझिलिएका थिए । आमाबुबा त्यहीँ थिए । 

    भत्ता आमाबुबाले बुझेर लिइसकेका थिए । माथितिर जाने क्रममा आमाबुबालाई कुटेछ त्यसले । त्यसले विवाह पनि गरेको छैन् । त्यसले पाउने केही पनि होइन । बुबाआमाले भत्ता पाउँछन्, दाइका छोराहरुले भत्ता पाउने हुन् । 

    उनीहरुले बुझिलिइसकेको अवस्था हो । उनीहरुले आमाबुबाले भत्ता लिइसकेपछि बुबालाई पिटेछ, आमालाई लात्ती हानेछ । र घरको करेसामा फालिदिएछ । त्यो वडा कार्यालयमा आइसकेपछि वडा कार्यालयमा तोडफोड गरिदिन्छु, अहिले आगो लगाएर उडाइदिन्छु भनेछ । 

    यहाँ आएर ढुंगा प्रहार गरिसकेपछि त्यसलाई नियन्त्रणमा लिइएको हो । त्यो बालक पनि होइन । उसले बाल पोषण भत्ता पाउने होइन् । एकदम गलत समाचार गरिएको छ । गलत पोस्ट भएको छ, भिडियो पनि गलत पोस्ट भएको छ । 

    सत्यतथ्य के हो भने, आफूले गलत नगर्नु, कसैले गलत गर्छ भने जे गरेपनि फरक पर्दैन । आफूले गलत गरिएको छ भने स्वभाविक पनि हो । छैन भने केही पनि रहँदैन । केही पनि देखिँदैन । गलत आफैंले गर्नुहुँदैन नगरेपछि जसले जे भनेपनि फरक पर्दैन भन्ने मेरो भनाइ हो। 

    बिना अर्थको सामाजिक सञ्जालमा त्यस्तो गरेका रहेछन् । यथार्थ कुरा भनेको त्यसका आमाबुबा पनि छन्, आमाबुबाले पनि बुझेका छन्, आमाबुबाले नै यसले गल्ती गरेको हो, हामीलाई नै यसरी कुट्यो भनेका छन् ।  मैले छोरा पाउन जानेनछु, मैले लायक बनाए । यसले बाबुलाई कुटिदियो, अरुलाई कुटिदियो भनेर आमाले भन्नुभएको छ । यो सबै कुराहरु म माथि प्रहार भएका छन् म यसको खण्डन गर्न चाहन्छु।

    वडाअध्यक्ष नेपालीसँग टेलिफोनमा गरिएको कुराकानीको अडियो

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑