• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देशभरका मानिस खोप कार्ड प्रमाणीकरणका लागि एकैपटक टेकुमा थुप्रिँदा समस्या भयो : डा. बाँस्तोला

  • वीरगंज संजाल
  • २० श्रावण २०७८, बुधबार ०१:०१
  • २६६५

    वीरगञ । विदेश जाने, खासगरी वैदेशिक रोजगारीमा जाने नेपालीले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिन ठूलो सास्ती ब्यहोर्नुपरेको छ। खोप कार्ड प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकाहरुले दिनहुँ यस्तो सास्ती भोगिरहेका छन्। भीडभाड उस्तै बढेको छ, सेवाग्राहीको गुनासो उस्तै छ

    खोप कार्ड प्रमाणीकरण कार्य किन यस्तो भद्रगोल बन्यो त? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला प्रमाणीकरणका लागि टेकु अस्पतालमा मात्र भीड लाग्दा यस्तो समस्या देखिएको बताउँछन्। उनले सेवाग्राहीको चाप अस्पतालले धान्न नसक्नेगरी बढ्दा पनि समस्या देखिएको बताए।

    टेकु अस्पतालले पहिले पनि प्रमाणीकरणको काम गर्दै आएको र अहिले पनि सेवाग्राहीमा यहीँ मात्र सेवा पाइन्छ भन्ने परेकाले भीड बढेको र त्यसले समस्या निम्त्याएको डा. बाँस्तोलाले उल्लेख गरे। देशभरका ५० बेडभन्दा माथि क्षमता भएका अस्पतालहरुलाई यो सेवा दिनेगरी विकास नगर्दासम्म समस्या समाधान नहुने उनको भनाइ छ। देशभर यस्ता सेन्टर भएकाले तिनलाई व्यवस्थित गर्न सरकारले सर्कुलर गरेको तर, भएभरका मानिसहरु टेकु अस्पतालमै थुप्रिँदा समस्या भएको उल्लेख गर्दै उनले भने, ‘यो समस्याको समाधान भनेको तत्काल प्रमाणीकरणको कार्यलाई डिजिटल बनाउने र ५० बेडभन्दा माथिका अस्पतालहरुलाई जिम्मा दिने नै हो।’

    खोप प्रमाणीकरणमा देखिएका समस्या र समाधानका उपाय डा. बाँस्तोलाकै शब्दमाः

    विदेश जानेलाई भिसाका लागि समस्या भएपछि उहाँहरु कोभिड खोप कार्ड प्रमाणीकरणका लागि अस्पताल आउनु स्वाभाविक हो। सबैको पायक पर्ने, जानेबुझेको केन्द्र पनि भएकाले टेकु अस्पतालमा भीड बढेको हो जस्तो लाग्छ। यही कारण हामीले डट्सको औषधि बाँड्ने ठाउँमा पनि केन्द्र बनाएर काम गरेका छौं। करिब ५०० मानिसको हरेक दिन प्रमाणीकरण गरेका छौं।

    अहिले हामी खोप लगाउने कि, कोरोना संक्रमितको उपचार गर्ने कि, खोप प्रमाणीकरण गर्ने भन्ने अन्योलमा परेका छौं। सरकार र स्वास्थ्य मन्त्रालयले अरुतिर परिपत्र गरे पनि सबै सेवाग्राहीको चाप भने यहीँ मात्र छ। हरेक दिन ३०० जनाको टोकन बाँड्ने काम गरे पनि त्यसले नभ्याउँदा अरु १०० भन्दा बढीको पनि गर्ने गरेका छौं। यसलाई अब छिट्टै डिजिटल बनाउने काम सुरु भएको छ। यो चल्न थालेपछि अलि समस्या कम होला।

    समस्या कस्तो छ भने यता कोरोनाका बिरामी बढेका हुन्छन्, उता भेरिफिकेसनको चाप बढेको छ। कसैलाई पनि फर्काउन मन लाग्दैन, तर सक्दै नसक्ने भएपछि के गर्नु? सुरुका दिनमा हामीले एक हजार जनासम्मको गरेका थियौं। अहिले कोरोना संक्रमण बढेर बिरामीको चाप बढेपछि दैनिक ५०० जनासम्मको गरेका छौं।

    यसको सहज उपाय भनेकै ५० बेडभन्दा माथिका अस्पतालमा प्रमाणीकरण हुन्छ भन्ने जानकारी सबैलाई दिनुपर्‍यो। अनि त्यस्ता अस्पतालले पनि यो काम गरिदिनुपर्‍यो। भेरिफिकेसन नभएसम्म विदेश जाने टिकट नपाउने समस्या भएकाले उहाँहरुलाई फर्काउन हुँदैन। मुख्य कुरा देशभरका अस्पतालहरुले सेवा सुरु गर्ने हो भने यो भीड बाँडिनेछ। अनि काम पनि सहज हुनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑