वीरगञ । गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच मंगलबार गृह मन्त्रालयमा भेटवार्ता भएको छ।भेटका क्रममा प्रदेश २ को समग्र विकास र जनताको पक्षमा आफू रहेको मन्त्री खाँणले बताए।
हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा पर्याप्त मात्रामा खोपहरु उपलब्ध भए पनि प्रयोग नभएको र प्रदेश २ को जनतालाई खोप लगाउन उत्प्रेरित गर्न मुख्यमन्त्रीसँग मन्त्री खाँणले आग्रह गरे।
साथै संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र जनताको पक्षमा काम गर्ने मन्त्री खाँणले बताए।