बिरगंज। कृष्णा कुशवाहा।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ज्यादीविरुद्ध लेखा अधिकृतहरु संयुक्त प्रेस विज्ञप्ति निकालेर एकवद्ध भएका छन् । मन्त्रालयले नियम कानुनको खिल्ली उडाउँदै दरबन्दी नै नभएको ठाउँमा लेखा अधिकृतको सरुवा गरेको घटना प्रति लेखा अखधिकृतहरु आन्दोलित भएका छन्।
आर्थिक बर्षको अन्त्यमा फर्जी बिलको भुक्तानी गर्न नमान्दा पर्सागढी नगरपालिकाले लेखा अधिकृत राम कुशवाहालाई नगरपालिकाका मेयर लोकनारायण यादव र निमित प्रमुख प्रशासकिय अधिकृत भरत प्रसाद यादवको दबाबमा दरबन्दी नै नभएको ठाउँमा रातारात सरुवा गरिएको थियो । सो सरूवाको विरुद्ध लेखा अधिकृतहरु भेला भएर सामान्य प्रशासनलाई ध्यानाकर्षण गराएका छन् ।आर्थिक वर्ष सकिएको तेस्रो दिनमा सातौं तहका लेखा अधिकृत कुशवाहालाई जिन्सी सामानहरू बरबुझारथ गरी महालेखा नियन्त्रण कार्यालय काठमाडौंमा हाजिर हुन जाने गरी फिर्ता पठाइएको पत्र काटिएको भोलीपल्टै लेखा अधिकृत कुशवाहलाई जिल्ला समन्वय समिति पर्सामा खटाएको घटनाप्रति लेखा अधिकृतहरुले ध्याननाकर्षण भएको जनाएका छन् ।
गत असार मसान्तमा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको फर्जी बिल बनाएर चेक काट्न दबाब दिएको र आफूले फर्जी भुक्तानीमा रोक लगाएपछि नगरपालिकाले फिर्ता पठाएको कुशवाहालाई भोलीपल्टै सामान्यले जिसस पर्साको सरुवा पत्र थमाएको थियो । झण्डै १ करोड फर्जी भुक्तानी गर्न नमान्दा उनलाई त्यहाँबाट हटाइएको थियो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र नगरप्रमुख यादवको मिलोमतोमा त्यहाँबाट सरुवा गराइ उनको दरबन्दी नै नभएको जिसस पर्सामा पठाइएको घटनाप्रति लेखा अधिकृतहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
४३ जना लेखा अधिकृतहरुले सोही घटनालाई दिएर लेखा अधिकृतहरूले आफूहरूको ध्यानाकर्षण भएको जनाउँदै कुशवाहालाई गरिएको अनुचित र गैर कानुनी व्यवहार तुरुन्त सच्चाएर स–सम्मान महालेखा नियन्त्रकको कार्यालयमा हाजिर गराउन माग गरेका छन् ।