• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्वीटर फिड कसरी सफा गर्ने ? कसरी कस्टुमाइज गर्ने ?

  • वीरगंज संजाल
  • १९ श्रावण २०७८, मंगलवार १४:१९
  • २२३७

    बिरगंज। माइक्रो ब्लगिङ तथा सोसल नेटवर्किङ साइट ट्वीटर सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्महरुमध्ये एक हो । ट्वीटरले मानिसहरुलाई केवल अनलाइनमा आफ्नो धारणा मूखरित गर्ने अवसर मात्र दिँदैन यसले मानिसहरुलाई अरु समक्ष पुग्ने तथा संस्थाहरुलाई आफ्ना ग्राहकसम्म पुग्ने स्पेस सिर्जना गरिदिन्छ ।व्यापक प्रयोगकर्ता रहेको ट्वीटरका हरेक प्रयोगकर्ताको आफ्नै ट्वीटर फिड हुन्छ जहाँ उनीहरुले आफ्नो फलोअर्स वा आफूले फलो गरेकाहरुले गरेका ट्वीट देख्न पाउँछन् ।

    साथै तपाईको ट्वीटर फिडमा तपाईको रुचिका सम्भावित ट्वीट भन्दै अन्य ट्वीटहरु पनि देखाइएको हुन्छ । त्यसैले यदि तपाईले आफ्ना ट्वीटर फिड सफा गर्न वा आफूले हेर्न नचाहेका ट्वीटहरु आफ्नो फिडमा देखिनबाट रोक्न पनि सक्नुहुन्छ ।

    आफ्नो ट्वीटर फिड क्लिनअप गर्ने तथा कस्टुमाइज गर्ने केही विधिहरु छन् । तपाईले आफूले हेर्न नचाहेको अकाउन्ट, कुनै निश्चित ट्वीट, कुनै शव्द तथा ह्यासट्याग मात्र पनि म्यूट गर्न सक्नुहुन्छ । यसरी म्यूट गर्नाले त्यस्ता ट्वीटहरुलाई तपाईको नोटिफिकेसन ट्याब, पुस नोटिफिकेसन, एसएमएस, इमेल नोटिफिकेसन, होम टाइमलाइन तथा रिप्लाइ टू ट्वीट्सबाट हटाइदिन्छ ।

    तपाईले आफ्नो ट्वीटर फिडलाई आफ्नो रुची तथा विषय अनुसार कस्टुमाइज गर्न सक्नुहुन्छ । तपाईले कुनै अकाउन्टलाई ब्लक पनि गर्न सक्नुहुन्छ । त्यसरी ब्लक गरिसकेपछि उक्त अकाउन्टवाला प्रयोगकर्ताले तपाईका ट्वीट हेर्न पाउँदैन र तपाईलाई मेसेज पनि गर्न सक्दैन । साथै तपाईले उसका ट्वीट हेर्न तथा उसलाई फलो पनि गर्न सक्नुहुन्न ।

    कुनै ट्वीट वा ट्वीटर अकाउन्टलाई नै कसरी म्युट गर्ने ?कुनै निश्चित ट्वीट वा कुनै ट्वीटर अकाउन्टलाई ट्वीटर एप र डेस्कटपबाट म्युट गर्नका लागिः आफूले म्युट गर्न चाहेको ट्वीटमा जानुहोस् र त्यहाँ रहेको तिनवटा थोप्लावाला आइकनमा ट्याप गर्नुहोस् ।
    त्यहाँ तपाईले दुईवटा विकल्प देख्न सक्नुहुन्छ : सम्बन्धित ट्वीटमात्र म्युट गर्ने (mute the conversation) वा अकाउन्ट नै म्युट गर्ने (mute the Account) ।
    तपाईले ती दुईमध्ये कुनै एक अप्सनमा ट्याप गरिसकेपछि आफूले चाहेको ट्वीट वा अकाउन्ट म्यूट हुन्छ ।
    कुनै ट्वीटर अकाउन्ट म्युट गर्नु भनेको उसलाई अनफलो गर्नु होइन । तपाईले म्युट गरेका व्यक्तिले तपाईलाई डाइरेक्ट मेसेज अर्थात् डिएम गर्न सक्दछन् । तथापि तपाईले त्यस्ता अकाउन्टबाट पुस वा एसएमएस नोटिफिकेसन प्राप्त गर्नुहुने छैन ।

    कुनै शव्द वा ह्यासट्यागलाई कसरी म्युट गर्ने ?

    ट्वीटर एपमा आफ्नो प्रोफाइल आइकन ट्याप गर्नुहोस् । डेस्कटप भर्सनमा भने ट्वीटरको होमस्क्रिनको बायाँपट्टि रहेको मोर (More) अप्सनमा छनोट गर्नुहोस् ।
    सेटिङ एण्ड प्राइभेसी (Settings and Privacy ) नामक अप्सन छान्नुहोस्
    त्यसभित्र रहेको प्राइभेसी एण्ड सेफ्टी ( Privacy and Saftey)मा क्लिक गर्नुहोस्
    ·त्यसपछि डेस्कटपमा म्‍युट एण्ड ब्लक भन्ने अप्सनमा क्लिक गर्नुहोस् । एपमा चाहीँ तपाईले म्‍युटेड एकाउण्टस् एण्ड म्‍युटेड वर्डस् (Muted Accounts and Muted Words) को अप्सन देख्नुहुनेछ ।
    त्यसपछि म्‍युटेड वर्डस् (Muted Words) छनोट गर्नुहोस्
    त्यहाँ रहेको +(प्लस) आइकन छनोट गरी आफूले ब्लक गर्न चाहेको शव्द, वाक्यांश, युजरनेम तथा ह्यासट्याग लेख्नुपर्दछ ।
    त्यति गरिसकेपछि सेभ (save) मा क्लिक वा ट्याप गर्नुहोस् । यो अप्सन डेस्कटप भर्सनमा पिँधमा हुन्छ भने एप भर्सनमा माथिल्लो दायाँपट्टि हुन्छ ।
    तपाईले होम टाइमलाइन तथा नोटिफिकेसन अप्सनमा गएर यस्ता शव्द वा वाक्यांशलाई कहाँ कहाँ म्युट गर्ने भन्ने छनोट गर्न सक्नुहुन्छ । डिफल्ट रुपमा तपाईले म्युट गरेका ती शव्द वा ह्यासट्यागहरु सधैका लागि म्युट हुन्छन् । त्यसपछि तपाईले त्यस्ता शव्द, वाक्यांश वा ह्यासट्याग भएका ट्वीटहरुलाई तपाईको ट्वीटर फिडमा हेर्नुपर्दैन । साथै तपाईलाई त्यस्ता ट्वीटको नोटिफिकेसन पनि आउँदैन ।

    ट्वीटरमा आफूले हेर्ने सामाग्रीहरुको कस्टुमाइज कसरी गर्ने ?

    यो काम तपाईले ट्वीटर एपबाट होइन केवल ब्राउजरबाट मात्र गर्न सक्नुहुन्छ ।

    ट्वीटर होमस्क्रिनको बायाँ भागको प्यानलबाट More अप्सनमा क्लिक गर्नुहोस्
    सेटिङ एण्ड प्राइभेसी (Settings and Privacy) छान्नुहोस्
    प्राइभेसी एण्ड सेफ्टी (Privacy and safety) मा जानुहोस्
    कन्टेन्ट यु सी (Content you see) भन्ने अप्सन छनोट गर्नुहोस्
    त्यहाँ तपाईले Topics तथा Interests अप्सन देख्नुहुनेछ र Topics भन्ने अप्सनमा जानुहोस्
    तपाईले त्यहाँ आफ्नो रुचीका शीर्षकहरु छान्न सक्नुहुन्छ र ट्वीटरले तपाईको ट्वीटर फिडमा तिनै रुचीका शीर्षकहरु सँग सम्बन्धित सामाग्रीहरु मात्र देखाउनेछ ।
    त्यस्तै अघिल्लो स्क्रिनबाट Interests छनोट गर्नुहोस्
    त्यहाँ तपाईको प्रोफाइल, तपाईको ट्वीटरको गतिविधि, तपाईले फलो गरेका विषयहरुको आधारमा ट्वीटर आफैले छानेका तपाईका रुचीका सूचिहरु देख्न सक्नुहुन्छ ।
    यदि तपाईलाई ती मध्ये कुनै विषयमा रुची छैन भने तपाईले त्यहाँबाट हटाउन सक्नुहुन्छ । तपाईले त्यसरी हटाएको विषयसँग सम्बन्धित ट्वीटलाई ट्वीटरले तपाईको फिडमा देखाउने छैन ।
    कुनै ट्वीट वा अकाउन्टलाई कसरी ब्लक गर्ने ?

    कुनैपनि ट्वीट वा अकाउन्टलाई ब्लक गर्ने विधि ट्वीटरको एप तथा डेस्कटपममा लगभग समान छ ।

    सम्बन्धित ट्वीटमा जानुहोस् र त्यहाँ रहेको तिन थोप्ले आइकनमा ट्यापरक्लिक गर्नुहोस्
    त्यहाँ तपाईले सम्बन्धित अकाउन्ट ब्लक गर्ने विकल्प देख्नुहुन्छ
    त्यसमा ट्यापरक्लिक गरिसकेपछि उक्त अकाउन्ट ब्लक हुनेछ ।
    तपाईले ब्लक गरेको सम्बन्धित अकाउन्टवाला प्रयोगकर्ताले आफूले ब्लकमा परेको कुनै नोटिफिकेसन प्राप्त गर्दैन । यसरी ब्लक गरिसकेपछि उक्त अकाउन्टमा दुबै तर्फबाट स्वतः अनलफलो हुन्छ । आफूले ब्लक गरेको कुनै अकाउन्टबाट नोटिफिकेसनहरु पनि प्राप्त हुँदैनन् ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑