• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लामो दुरीका सार्वजनिक सवारी खुलेपछि काठमाडौं उपत्यका प्रवेश गर्नेको संख्या तीन गुणाले बढ्यो, तर बसपार्कमा छैन यात्रुको चहलपहल

  • वीरगंज संजाल
  • १९ श्रावण २०७८, मंगलवार १४:१७
  • २९४५

    बिरगंज।साउन ५ गते गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेर लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई संचालन गर्नका लागि सहजीकरण गर्न निर्देशन दियो। अर्थात् तीन महिनादेखि कोरोना संक्रमणको कारण गुड्न नपाएका लामो दुरीका सार्वजनिक सवारी माथि लगाएको निषेधाज्ञा फुकुवा भयो।अहिले एउटा जिल्लाबाट अर्को जिल्ला, पूर्वदेखि पश्चिमसम्म सहजै लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी साधन चल्न पाउँछन्। काठमाडौं उपत्यकाभित्र आउने र जाने सार्वजनिक सवारी साधनलाई नाकामा कुनै कडाइ छैन। तर पनि लामो दुरीका सार्वजनिक सवारीमा यात्रु चाप खासै देखिएको छैन।

    काठमाडौं उपत्यकाका विभिन्न बस पार्कमा यात्रुको चाप कमै देखिएको छ। तर, सार्वजनिक सवारीलाई निर्वाधरुपमा संचालन गर्न दिएपछि उपत्यकाभित्र आउने र जाने यात्रुको संख्यामा भने वृद्धि भएको महानगरीय ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई संचालन गर्न दिएपछि भने काठमाडौं उपत्यकाभित्र आउने यात्रुको संख्या करिब तीन गुणाले बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ। साउन ७ गतेपछि लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी संचालनमा आएका थिए।

    लामो दुरीका सार्वजनिक सवारी खुलेपछि उपत्यकाभित्र छिर्ने बढेअसार १० गते लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न रोक लगाइएको थियो। त्यसो त अन्य जिल्लाबाट समेत यस्ता सवारी साधन चल्न दिएको थिए। त्यसैले काठमाडौं उपत्यकाभित्र अत्यावश्यक सवारीमा मात्र मानिस काठमाडौं आउने गरेका थिए। असार १० गते ४ हजार ७८३ वटा सवारी साधन काठमाडौं उपत्यकाभित्र प्रवेश गरेका थिए। ती सवारी साधनमा ८ हजार ८४७ जना यात्रु आएका थिए। त्यस्तै सोही दिन ३ हजार ९१५ वटा सवारी साधनले काठमाडौं उपत्यका छोडे। बाहिरिने यात्रुको संख्या ९ हजार ३१८ रह्यो।

    तर, लामो दुरीको सार्वजनिक सवारी खुलेपछि साउन १० गते काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सवारीको संख्या असारको तुलनामा खासै बढेन। यस अवधिमा ४ हजार ८९५ वटा सवारी भित्रिए। तुलनात्मक रूपमा ११२ वटा सवारी मात्र बढी भित्रिएका हुन्। तर त्यसमा आउने यात्रुको संख्या भने तीन गुणाले बढ्यो। अर्थात् २५ हजार २२ यात्रु काठमाडौं उपत्यका छिरे। जबकि सार्वजनिक सवारी नचल्दा ८ हजार यात्रु मात्र आएका थिए।

    त्यस्तै काठमाडौं उपत्यकाभित्र बाहिरिने सवारीको संख्या ४ हजार ९७२ थियो। बाहिरिने यात्रु २० हजार ९५० भयो। तुलनात्मक रूपमा बाहिरिने यात्रु पनि लामो दुरीका सार्वजनिक सवारी खुलेपछि बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

    साउन ११ गते काठमाडौं उपत्यकाभित्र छिर्ने सवारीको संख्या अघिल्लो दिनको तुलनामा बढ्यो। ६ हजार ६६ वटा सवारी साधन काठमाडौँभित्र प्रवेश गरे। त्यसमा २५ हजार २७५ जना यात्रु आएका थिए। असार ११ गते ( लामो दुरीका सार्वजनिक सवारी नचल्दा) काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सवारीको संख्या ४ हजार ६२५ थियो। त्यसमा आउने यात्रुको संख्या ८ हजार ६७० मात्र थियो।

    लामो दुरीका सार्वजनिक सवारी चलेपछि झन्डै तीन गुणाले भन्दा बढी यात्रु भित्रिएका थिए। बाहिरिने यात्रुको संख्यामा पनि सार्वजनिक सवारी चल्दा र नचल्दा तथ्याङ्क फरक भेटिन्छ। साउन ११ गते ५ हजार २७७ साधनबाट २३ हजार ९७३ जना मानिसले काठमाडौं उपत्यका छोडेका थिए।

    साउन १२ गते झनैं काठमाडौं उपत्यका भित्रिने सवारीको संख्या बढ्यो। ६ हजार ५४८ वटा सवारी भित्रिँदा ३३ हजार ५५ जना यात्रु काठमाडौं उपत्यकाभित्र प्रवेश गरे। बाहिरिने सवारीको संख्या ५ हजार ४४७ रह्यो। ती सवारी साधनमा २३ हजार ९१७ जना मानिस बाहिरिएका थिए।

    सार्वजनिक सवारी नचल्दा असारको यही गतेलाई हेर्ने हो भने तीन गुणा कमले मानिस काठमाडौं उपत्यका छिरेको देखिन्छ। असार १२ गते ४ हजार ५२८ सवारीमा ८ हजार ६२५ जना मानिस उपत्यकाभित्र प्रवेश गरेको देखिन्छ। बाहिरिने सवारीको सङख्या ३ हजार ३६९ रहेको थियो। जसमा ८ हजार ४४ जना यात्रु बाहिरिएका थिए।

    कोरोना संक्रमण बढेपछि ७५ वटा जिल्लामा लगाएको निषेधाज्ञा अहिले हट्दै ५८ वटा जिल्लामा सीमित भएको छ। निषेधाज्ञा भएका जिल्लामा पनि खुकुलो बनाइएको छ। जसको परिणाम फेरि देशभर कोरोना संक्रमण बढ्न थालेको छ। यसरी सार्वजनिक सवारी साधन गुड्दा मानिसको आवतजावत फेरी बढेको छ। काठमाडौं उपत्यकाभित्र प्रवेश र बाहिरिने यात्रुको संख्याले पनि यसै भनिरहेको छ।

    साउन १३ गते ६ हजार ५६० वटा सवारी काठमाडौं उपत्यकाभित्र छिरेका थिए। जसमा ३१ हजार ४१ जना यात्रु आए। बाहिरिने सवारीको संख्या ५ हजार २११ रह्यो। अनि २३ हजार २१६ जनाले काठमाडौं उपत्यका छोडे। यही तथ्याङ्क एक महिना अघि अर्थात् असार १३ गते हेर्दा काठमाडौं उपत्यकाभित्रिने यात्रुको सङख्या तीन गुणाभन्दा कमी देखियो। असार १३ गते ४ हजार ६ सय ६८ वटा सवारी काठमाडौं भित्र छिरेका थिए। जुन सवारीमा ९ हजार ५ सय २६ जना यात्रु मात्र उपत्यका प्रवेश गरेको देखिएको छ।

    साउन १० गतेदेखि १६ गते एक सातामा काठमाडौं उपत्यकाभित्र २ लाख ५५१ जना यात्रु प्रवेश गरेको देखिएको छ। तर लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी नचल्दा असारको १० गतेदेखि १६ गतेसम्म ५८ हजार ९४२ जना यात्रु मात्र काठमाडौं प्रवेश गरेका छन्। अर्थात् लामो दुरीका सार्वजनिक सवारी चलेपछिको एक हप्ताको तुलना गर्दा तीन गुणा भन्दा बढीले काठमाडौं उपत्यकाभित्र छिर्ने यात्रुको संख्या बढेको देखिन्छ।

    तर, छैन बसपार्कमा यात्रुको चहलपहल

    तुलनात्मक रूपमा काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने र बाहिरिने यात्रुको संख्या बढेको छ। तर कोरोना संक्रमणको कारण अझै सामान्य अवस्थामा फर्किन सकेको छैन। जसले गर्दा काठमाडौं उपत्यकाभित्रका बसपार्क सुनसान झैँ बनेका छन्।

    यातायात व्यवसायी यात्रु नपाएको कारण चिन्तामा छन्। ३०/ ४० जना यात्रु लिएर हिंड्नु पर्ने लामो दुरीका बस ४/ ५ जना लिएर गनतव्य तर्फ लागिरहेका भेटिन्छन्।

    ‘यात्रु छैनन् तीन चार जना यात्रु लिएर जानुपर्छ। खर्च नै उठ्दैन,’ गाडी चालक सागर बोगटीले भने। उनी काठमाडौंबाट मंगलबार चार जना यात्रु लिएर महेन्द्रनगर हिंडेको भेटिएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑