बिरगंज। कृष्णा कुशवाहा। पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको सर्हानिय कामले गाउँपालिका बासी खुसी व्यक्त गरेका छन्। अधिकृत रौनियारले गाउँपालिका भित्र रहेका अपांगहरुको घर घर मा पुगि अपांग परिचयपत्र बनाई बितरण गर्ने गरेका छन। अपाङ्गहरु लाई गाउँपालिकामा आवत जावत गर्ने कठिनाई परेको हुनाले अब देखि आपाङहरुको घरमै पुगेर परिचयपत्र बनाइने अधिकृत रौनियारले बताएका छन।
गाउपालिकाको विभिन्न वडामा भएका अपाङ्गहरुलाई उनिहरुकै घर गएर परिचय पत्र बनाई दिने र उनीहरूको समस्या बुझी समाधानका लागि गाउँपालिकाबाट पहल गरिने अधिकृत रौनियारले बताए।परिचय पत्र बितरण कार्यक्रमा समाजिक बिकाश शखा प्रमुख नरेश चौहन, प्रशासन शाखा प्रमुख आरती रौनियार , महिला बालबालिका तथा समज कल्याण इकाई प्रमुख कौस्ल्या कुमारी साह,कुमारी बिन्दु लयातको उपस्थिति रहेको थियो।