वीरगन्ज । जापानमा सोमबार आठ हजार ३९३ जना कोरोना संक्रमित थपिएका छन्। यो अघिल्ला हप्ताको तुलनामा दोब्बर रहेको जनाइएको छ।
ओलम्पिक आयोजना भइरहेको टोकियो र वरिपरि संक्रमण बढ्दै गइरहेका समय जापानका स्थानीय सञ्चारमाध्यमले संक्रमण वृद्धिको समाचारलाई विशेष महत्त्व दिएर सम्प्रेषण गरेका छन् ।
टोकियोमा लगातार पाँच दिनसम्म तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सोमबार टोकियोमा दुई हजार १९५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
राजधानी वरपरका कनगावा, चिबा र साइतामा क्रमशः एक हजार ६८६, ७८७ र ७६२ सङ्क्रमित भेटिएका छन्।
टोकियोमा पछिल्लो समय संक्रमितमध्ये अधिकांश २०–३० वर्ष उमेर समूहका मानिस रहेको समाचारहरुमा उल्लेख छ।
जापानमा हालसम्म ५० करोडभन्दा बढी अर्थात् करिब ४० प्रतिशत जनसंख्याले कोभिड–१९ खोपको कम्तीमा एक मात्रा लिएकाृ सरकारी अधिकारीले बताएका छन्।