• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेता नेपाल सत्तापक्ष कि विपक्षी ?

  • वीरगंज संजाल
  • १८ श्रावण २०७८, सोमबार ११:२५
  • ५६४९

    वीरगन्ज । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको व्यवहार सत्तापक्षसँग मिल्छ तर कानुनी हैसियत उनी विपक्षी दलका नेता हुन् । उनी यो अलमलबाट बाहिर निस्कन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले तीन साता पुग्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

    आन्तरिक एकताका लागि एमालेका दोस्रो तहका नेताले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गराउन लगातार प्रयास गरिरहेका छन् तर सम्भव भएको छैन । अर्कातिर नेता नेपालले सत्ता गठबन्धनका नेताहरूसँग संवाद जारी राखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार पनि कोटेश्वरस्थित निवासमै पुगेर नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरे । सर्वोच्चले गत असार २८ मा देउवालाई नियुक्त गर्न परमादेश गरेपछि दाहाल र नेपालबीच भएको यो सातौं भेटवार्ता हो । त्यसयता भएका सत्ता गठबन्धनका पाँचमध्ये दुई बैठकमा नेपाल आफैं सहभागी भए, दुईवटा बैठकमा उनले प्रतिनिधि पठाए ।

    एमाले प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगेलगत्तै नेपालले आफू गठबन्धनबाट बाहिरिएको बताएका थिए  । तर, नेपालसहित २२ सांसदले साउन ३ मा प्रधानमन्त्री देउवालाई संसद्मा विश्वासको मत दिए । त्यसयता नेपाल पक्ष पनि सरकारमा जाने चर्चा छ । प्रधानमन्त्री देउवाले नेपालको निवासमै पुगेर सरकारमा सहभागी हुन आग्रह गरिसकेका छन् । आफ्नै समूहमा देखिएको मतभेदका कारण नेपालले सरकारमा सहभागी हुने विषयमा निर्णय लिन सकेका छैनन् । स्रोतका अनुसार नेपालले सरकारमा तीन जनालाई पठाउने वचन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई दिएका छन् ।

    आइतबार दाहाल–नेपाल भेटवार्ता भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा दाहालले नेपाल समूह सरकारमा सहभागी हुने/नहुने अनिश्चित रहेको बताएका थिए । ‘एमालेको माधव समूह सरकारमा आउने निश्चित छैन, यस विषयमा शेरबहादुरजी र उपेन्द्र (यादव) जीहरूसँग छलफल गर्नुपर्ने भयो, त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने ।

    नयाँ सरकार गठन भएपछि नेपालले मन्त्रिपरिषद् विस्तारमा केही दिन पर्खन आग्रह गर्दै आएका थिए । अहिले मन्त्रिपरिषद् ६ सदस्यीय छ । नेपालको भूमिकालाई लिएर उनकै समूह, एमालेको संस्थापन पक्ष र गठबन्धनका नेताहरूका फरक–फरक प्रतिक्रिया छन् । ओलीनिकट एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले एकताको प्रयास भइरहेका बेला नेता नेपालले गठबन्धनप्रति देखाएको प्रेम अशोभनीय रहेको टिप्पणी गरे ।

    ‘एकताका लागि हामीले पार्टी अध्यक्षलाई पनि आग्रह गरेका छौं, वरिष्ठ नेताका हिसाबले उहाँले पनि संयोजन गर्न, लचकता अपनाउन र सबैलाई साथ लिएर अगाडि बढ्न पहलकदमी गर्नुपर्छ,’ उनले भने, ‘एमालेकै नामबाट उहाँ पार्टीविरुद्धको अभियानमा संलग्न भइरहनु र गठबन्धनतिरको त्यो स्नेहलाई निरन्तरता दिइरहनु अशोभनीय भयो ।’

    नेपालको भूमिकालाई लिएर एमाले अध्यक्ष ओलीले बारम्बार प्रश्न उठाएका छन् । तुल्सीलाल स्मृति दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘यस्ता घिनलाग्दा दृश्य हामीले बन्द गर्नुपर्छ, एउटा सरकार ढालेर अर्को सरकार ल्याएर प्रतिगमन गरे । पार्टीका बिग्रिएका महत्त्वाकांक्षी तत्त्वहरूले यो स्थिति ल्याए । निष्ठा, इमान सबै छाडेर दक्षिणपन्थीलाई सघाउन हिँडे ।’

    नेपालनिकट स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले पार्टी एकताका लागि पहल गर्ने र गठबन्धनलाई पनि निरन्तरता दिने बताए । ‘हामी अहिले पनि अदालतको फैसलाको पक्षमा छौं, केपी ओलीले फैसलाका विरुद्धमा अभियान चलाउने भएका छन्, अब एमालेभित्रको लडाइँ यसैमा हुनेछ,’ उनले भने, ‘तर हामी एमाले हौं । हामीले एमाले बनाउने हो । माधव नेपाललाई पार्टीको माया छ । केपी ओलीले एकता चाहेका छैनन् ।’

    एमाले कार्यदलले असार २७ मा दसबुँदे सहमतिको प्रस्ताव तयार पारेपछि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउन प्रयास गरिरहेको छ तर सफल भएको छैन । नेपाल र ओलीले एकअर्कामाथि आक्षेपपूर्ण टिप्पणी जारी राखेका छन् ।

    गत साउन ६ मा ओलीनिकट नेता विष्णु पौडेल र सुवास नेम्वाङले नेपाललाई भेटेर दोस्रो अध्यक्षको प्रस्ताव गरेका थिए । त्यसपछि साउन १४ गते नेम्वाङले उनलाई भेटे । त्यसको भोलिपल्ट पौडेलले भेटेर ओलीसँग संवाद गर्न आग्रह गरेका थिए । नेपाल पक्षकै नेताहरूले पनि ओलीसँग भेट गराउने प्रयास गरेका थिए । तर, नेता नेपाल सरकारमा सहभागितालगायत विषयमा सत्ता गठबन्धनका नेताहरूसँगै निरन्तर छलफल गरिरहेका छन् ।यो समाचार कन्तिपुर बाट सभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑